संख्या बढ्यो बढेनन् पर्यटक

संख्या बढ्यो बढेनन् पर्यटक

कोभिडले थलिएको पर्यटन क्षेत्र ब्युँत्याउन विदेशीको संख्याभन्दा नेपाल घुम्न आउने पर्यटकको संख्याले बढी महŒव राख्ने


काठमाडौं : अंग्रेजी वर्ष २०२१ को फेबु्रअरी महिनामा ९ हजार १ सय ४६ जना विदेशी नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ। जनवरीमा ८ हजार ८ सय ७४ विदेशी नेपाल आएका छन्। पछिल्लो २ महिनामा १८ हजार २० जना नेपाल भित्रिएको बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ। कोभिड—१९ अघि २०२० को फेबु्रअरी महिनामा मात्रै ७३ हजार ८ सय ७१ पर्यटक नेपाल भित्रिएका थिए। अघिल्लो वर्षसँग चालू वर्षको अंक जुधाउँदा करिब ८७.६ प्रतिशतले पर्यटक आवागमन घटेको छ। बोर्डले अध्यागमन विभागलाई उद्घृत गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो। 

तर, सबै विदेशी घुम्नका लागि मात्रै नेपाल भित्रिएका भने छैनन्। भित्रिएका विदेशीमा नेपालस्थित विदेशी निकायमा कार्यरत कर्मचारी, विदेशमा रहेका नेपाली र केही पर्वतारोहणका लागि नेपाल आएका छन्। नेपाल आएकामध्ये घुम्नका लागि मात्रै कति आए भन्नेमा नेपाल पर्यटन बोर्ड नै स्पष्ट नभएको प्रवक्ता मणिराज लामिछाने बताउँछन्। ‘नेपाल आउने विदेशीको संख्या क्रमशः सुधार हुँदै गएको देखिन्छ। तर, तीमध्ये घुम्नका लागि कति आए भन्ने तथ्यांक भने छैन’, लामिछाने बताउँछन्। किनभने सरकारले अहिलेसम्म पर्वतारोहण र पदयात्राबाहेक अन्य विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुलाइसकेको छैन। कोभिड संक्रमण रोकथामका लागि सरकारले मार्चबाट नै लकडाउन गरेको थियो। बन्द गरेको करिब आठ महिनापछि गत नोभेम्बरबाट मात्रै पर्वतारोहणका लागि विदेशी पर्यटक भित्र्याउन अनुमति दिएको थियो। नोभेम्बरयता जाडो मौसमका लागि पर्वतारोहण र पदयात्राका लागि अनुमति पाएका पर्यटकको संख्या करिब डेढ सय रहेको छ। पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले पर्वतारोहणका लागि अनुमति दिँदै आएको छ। आरोहणको अनुमति पाएका कुल पर्यटक संख्यामा सबै विदेशी मात्रै भने छैनन्।

समीक्षा महिनामा सार्क मुलुकबाट नेपाल भित्रिने संख्यामा ७६ प्रतिशतले कमी आएको छ भने छिमेकी मुलुक भारतबाट मात्रै करिब ६८ प्रतिशतले गिरावट आएको छ। भारतको एयरबल कार्यक्रमअन्तर्गत ४ हजार ७ सय ६३ भारतीय नेपाल भित्रिएका छन्। स्थलगत नाकाबाट कति भारतीय नागरिक नेपाल आए भन्ने बोर्डसँग तथ्यांक छैन। यस्तै अर्को छिमेकी मुलुक चीनबाट ७०३ विदेशी नेपाल आएका छन्। अघिल्लो वर्षको तुलनामा करिब ७७ प्रतिशतभन्दा बढीले चिनियाँ पर्यटकको नेपाल आवागमन संख्या घटेको छ। 

नेपालको पर्यटक बजारमा मुख्य हिस्सा साझेदार गर्दै आएको युरोपेली देशबाट पनि नेपाल भित्रिनेको संख्यामा अघिल्लो वर्षको तुलनामा करिब ९२ प्रतिशतले कमी आएको छ। बोर्डको तथ्यांक अनुसार सन् २०२० को नोभेम्बरदेखि हालसम्म २४ हजार २ सय २१ विदेशी नेपाल आएका छन्।

कोभिडले थलिएको पर्यटन क्षेत्र ब्यँुत्याउन विदेशीको संख्याभन्दा पनि नेपाल घुम्नका लागि आउने पर्यटकको संख्याले बढी महŒव राख्ने हुन्छ। कोभिडका कारण सरकारले अपनाएको स्वास्थ्य सुरक्षा मापदण्डका कारण नेपाल घुम्न पर्यटकमैत्री नभएको पर्यटन व्यवसायीले गुनासो गर्दै आएका छन्। गत सेप्टेम्बरबाट उड्डयनलगायत होटल तथा रेस्टुरेन्टजस्ता पर्यटन व्यवसाय सुचारु भएको भए पनि अहिले आन्तरिक पर्यटनको मात्र भरथेग देखिन्छ। साना होटल तथा रेस्टुराँ खुले पनि विदेशी पर्यटक लक्षित तारे होटल पुनः सञ्चालनमा आउन सकिरहेका छैनन्। विदेशी पर्यटकबिना मुलुकको पर्यटन क्षेत्रले गति लिन नसक्ने भन्दै नेपाल पर्वतारोहण संघ, होटल एसोसिएसन अफ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत पर्यटन संस्थाले पर्यटन मन्त्रालय, पर्यटन विभाग, तथा बोर्डलाई ध्यानाकर्षण गराउँदै आएका छन्। उनीहरूले विशेषगरी होटल क्वारेन्टिनको व्यवस्था हटाउन र अनअराइभल भिसा खुला गर्न माग गर्दै आएका छन्। व्यवसायीको मागअनुसार नै कोभिडको स्वास्थ्यसम्बन्धी मापदण्ड परिमार्जन गर्ने भनिएको भए पनि काम नभएको बोर्ड प्रवक्ता लामिछानेको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.