कांग्रेस नेता केसीको प्रश्न: विप्लवको हतियार खोई ?

कांग्रेस नेता केसीको प्रश्न: विप्लवको हतियार खोई ?

चितवन: नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी समूहको हतियार व्यवस्थापन नभएकोमा आपत्ति जनाएका छन् ।

सरकारसँग गरिएको तीन बुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा उल्लेख नभएको भन्दै यसलाई कांग्रेसले गम्भीर रुपमा लिएको नेता केसीको भनाइ छ । हतियार व्यवस्थापनलाई वेवास्ता गरेर सरकारले गम्भीर गल्ती गरेको उनले आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले यस्तो बताएका हुन् । ‘ सरकार र विप्लव नेतृत्वको नेकपा माओवादीबीचको तीन बुँदे सहमतिमा सकारात्मक रुपले हेरेका छौँ । त्यसलाई स्वागतयोग्य र सकारात्मक मान्दामान्दै पनि तीनबुँदे सहमतिमा हतियार व्यवस्थापनको कुरा छैन ’ केसीले भने ‘ यो कुरालाई हामीले गम्भिरतापूर्वक लिएका छौँ । विप्लब समूहसँग हतियार नै छैन भन्ने त होइन । हतियार व्यवस्थापन नदिएको कुरामा हामी गम्भीर छौँ ।’

यसवाहेक केसीले काँग्रेस अबको दुई वर्ष प्रतिपक्षको भूमिकामा बस्नुपर्ने धारणा राखे । कम्यूनिष्ट पार्टी कानूनी र प्राविधिक रुपमा नेकपा एउटै रहेको बताए । कुनै एक पक्षलाई सरकारमा सहयोग गरेरे सत्ताबाहिर बसेर निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए ।

केसीले भने ‘यो पाँच वर्षभित्र भएका विधीविहिनता, भष्ट्राचारको, बेथितीको भारी बोक्नु भन्दा अलग बस्नु राम्रो होला भन्ने मेरो धारणा हो । बाँकी पार्टीले निर्णय गर्ला ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.