धरान कोरोनामुक्त

धरान कोरोनामुक्त

धरान : सुनसरीको धरान उपमहानगरपालिका कोरोना मुक्त भएको छ । उपमहानगरपालिकाका २० वटै वडामा संक्रमितको संख्या शून्य भएसँगै धरान कोरोनामुक्त उपमहानगर बनेको हो । 

धरान उपमहानगरपालिकाका स्वास्थय महाशाखा प्रमुख उमेश मेहताले धरान उपमहानगर कोरोना मुक्त बनेको बताएका छन् । उनले हप्तादिन अगाडीदेखि धरानवासीको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि धरान कोरोनामुक्त बनेको बताए । कोरोना संक्रमितको संख्या न्युन भएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताल समेत खाली भएको छ ।

आइतबारबाट कोभिड अस्पतालमा बिरामी भर्ना हुन छाडेपछी कोभिड अस्पताल पनि खालि भएको प्रतिष्ठानका सह प्रबक्ता डा. चुडामणि पाखरेलले जानकारी दिएका छन् । उनले कोरोना संक्रमितको संख्या न्यून भएपनी स्वास्थय सावधानीलाई निरन्तरता दिन जरुरी रहेको बताएका छन् । 

कोरोनाका कारण सुनसरीमा एकसय ४५ जना सर्बसाधारणले ज्यान गुमाएका छन् । सुनसरीमा ८ हजार ३ सय ७९ जनालाई कोरोना संक्रमण देखापरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। 

उनले अधिकांश संक्रमित अधिकांz निको भई सकेको जिल्लाको जनजिवन सामान्य भैसकेको बताए । कोरोना संक्रमितको संख्या न्यून रहेपनी कोरोनाबाट बच्न स्वास्थय साबधानीका उपाय पालनालाई निरन्तरता दिन जिल्लावासिलाई प्रजिअ ढकालले आग्रह गरेका छन् । 

कोरोना संक्रमितको संख्य न्यून भएसंगै कोभिड अस्पताल समेत सुनसान बनेको छ । प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमण परिक्षण गर्न आउने विरामीको संख्या समेत धेरै न्यून रहेको सहप्रबक्ता डा. पोखरेलले जानकारी दिएका छन् । उनले प्रतिष्ठानको कोभिड अस्पतालमा एकसय २१ जनाको उपचारका क्रममा निधन भएको बताए । प्रतिष्ठानमा ७हजार ८ सय २२ जनाको कोरानो रिपोर्ट पोजेटिभ आएको र एक हजार एकसय १९ जना कोभिड अस्पतालमा भर्ना भई निको भएर घर फर्किएको जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.