दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
दार्चुला : दार्चुलाको लेकम गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
गाउँपालिका–६ गणेत भन्ने ठाउँमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा ३० वर्षीय अशोक खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एव सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।
शनिबार दिउँसो ३ः४५ बजेतिर गोकुलेश्वरबाट रिठाचौपताका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४८३५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
दुर्घटनाको कारण भने खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस !