प्रहरीकै मिलेमतोमा ‘गुपचुप’ बनाइयो दुर्घटना

प्रहरीकै मिलेमतोमा ‘गुपचुप’ बनाइयो दुर्घटना

विराटनगर : दुर्घटना गराउने पक्षले उपचार खर्च नबेहोरेपछि विराटनगरको एउटा अस्पतालबाट बच्चा लिएर बाबुआमा ‘सुटुक्क’ भागेका छन्। 

दुर्घटनामा परेर घाइते बनेका ३ वर्षीय बालक कार्तिक सदालाई लिएर बाबु जगदिश र आमा गेनादेवी सदा विराट नर्सिङ होम एवं विराटनगर अस्पतालबाट भागेका हुन्। 

उनीहरु सिरहा जिल्लाको सिरहा नगरपालिका–१४ खिरौनाका हुन्। गत मंसिर २० गते सिहरा–१३ का वडाध्यक्ष सचिन साहको ज २ त ७०३ नम्बरको ट्याक्टरले सिरहा–१४ लबटोलीमा ठक्कर दिएर नाबालक कार्तिकलाई गम्भीर घाइते बनाइएको थियो। 

अस्पतालका प्रशासन प्रमुख पदम विनाडीका अनुसार अत्यन्तै नाजुक अवस्थाका नाबालकलाई उपचारका लागि ल्याइएको थियो। बचाउन नसकिने भन्दै अरु अस्पतालले लिन नमानेपछि अभिभावकले कार्तिकलाई नर्सिङ होम पु¥याएका हुन्। ‘घाँटी छेडेर पाइप जडान गर्दै टाउकाको शल्यक्रिया गरेर बच्चालाई बचाउनसम्म सकियो,’ विनाडीले भने, ‘तर प्रतिवद्धता अनुसार दुर्घटना गराउने पक्षले उपचारवापत लागेको सबै खर्च नतिरिदिएपछि बच्चालाई लिएर बाबुआमा भागेछन्।’ 

नाबालकको दाहिने आखाँको दृष्टि गुमेको छ। अवाज बिग्रिएर राम्ररी बोल्नै सक्दैनन्। ‘नाबालकलाई बचाउनै नसक्ने अवस्थामा अस्पतालले सकेजति उपचार गरिदियो,’ उनले भने, ‘अवस्थै गम्भीर रहेकाले आँखाको दृष्टि चैँ खुलाउन नसकेको चिकित्सकले बताएका छन्।’ विनाडीका अनुसार कार्तिकलाई झन्डै दुई महिनासम्म भेन्टिलेटर, आईसीयू हुँदै बच्चा वार्डमा राखेर उपचार गरियो। 

माघ १६ गते नै डिस्चार्ज गरिदिए पनि उपचारवापतको सबै पैसा नतिरेको भन्दै घर लैजान नदिएर नाबालकलाई डेढ महिना अघिदेखि अस्पतालमै बन्धक बनाइएको थियो। बन्धक बनाइएका छोरा रुँघेर बसेका बाबुआमा उनलाई लिएरै गत सोमबार दिउँसो विराटनगरबाट भागेका हुन्। 

प्रशासन प्रमुख विनाडीका अनुसार अस्पतालमा उपचारवापत सात लाख १९ हजार आठ सय २८ रुपैयाँ खर्च भएको छ। जसमा वडाध्यक्ष साहले तीन लाख ५१ हजार सुरुमै तिरिदिएका थिए। तीन लाख ६८ हजार आठ सय २८ रुपैयाँ तिर्न बाँकी छ। विनाडीका अनुसार औषधिको ८८ हजार र होटलमा खाना र नास्ताको ६० हजार रुपैयाँ पनि तिर्न बाँकी नै छ। 

उनले बच्चा लिएर फरार बनेका बाबुआमाको खोजतलासका लागि सिरहा प्रहरीमा निवेदन दिइएको बताए। ‘उपचार खर्च तिर्ने वातावरण बनाइदिनु भनेर प्रहरीलाई बारम्बार अनुरोध गरियो,’ उनले भने, ‘तर के स्वार्थ थियो कुन्नी, चासै दिएन।’ विनाडीले लामो समय कोरोना महामारीको चपेटमा परेकाले पूरै रकम छुट गर्नसक्ने अवस्था अस्पतालको नभएको बताए।  

दुर्घटनामा कसैको मृत्यु भएमा सवारी ज्यान र शरीरको अङ्गमा क्षति पुगेमा वा गुमेमा अङ्गभङ्ग मुद्दामा कारबाही गर्नुपर्ने कानुनी व्यवस्था छ। क्षतिपूर्ति एवं उपचार खर्च दुर्घटना गराउनेले बेहोर्नु पर्छ। तर प्रहरीले भने ‘गुपचुप’ राखेर घटनालाई नै मोड्दै नियम अनुसार कारबाही नगरेको र उपचार खर्च पनि नतिराएको पाइएको छ। दुर्घटना गराउने ट्याक्टर चालक सिरहा–१४ का धनवीर सदालाई प्रहरीले अभद्र व्यवहारको मुद्दा मात्रै चलाएको खुलेको छ। सवारी चालक अनुमति पत्र (लाइसेन्स) पनि नभएका उनी जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटिसकेका छन्। 

उपचारको पैसा नतिरिकन बच्चा लिएर भागेकाको खोजी गरिदिन अस्पतालले प्रहरीलाई पठाएको पत्र। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.