'८० प्रतिशत भन्दा बढी अपराध आफन्तबाटै'

'८० प्रतिशत भन्दा बढी अपराध आफन्तबाटै'

महेन्द्रनगर: सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार ८० प्रतिशत अपराध आफन्तबाटै हुने गरेको भेटिएको छ । सुदूरपश्चिम प्रहरी प्रमुख उत्तमराज सुवेदीले प्रहरीको तथ्याङ्क सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनका अनुसार ८० प्रतिशत भन्दा बढी अपराधीक घटना आफन्त वा चिनजानकै व्याक्तिबाट हुने गरेको छ । शुक्रबार महेन्द्रनगरमा सुरक्षीत चेली अभियान कार्यक्रमको समुद्घाटन गर्दै प्रहरी प्रमुख सुवेदीले आफन्तबाटै आपराधीक घटना र महिलामाथि यौनजन्य हिंसा हुने गरेको बताए ।

‘८० प्रतिशत अपराधीक घटना हत्याहिंसा, महिलामाथि हुने हिंसा यौनजन्य हिंसा आफन्तबाटै हुने गरेको हाम्रो तथ्याङ्क छ’ सुवेदीले भने ।

पहिला अपराधीक घटनामा २५ देखि ४० वर्ष समूहका हुन्थे भने अहिले १६ वर्षदेखि २५ वर्ष उमेर समूहका व्यक्तिहरु पनि आपराधीक समूहमा लाग्ने क्रम बढेको प्रहरीको तथ्याङ्मा छ ।

‘बलात्कारका घटनामा पनि ६४ प्रतिशत १८ वर्ष मुनिका बालिका छन्’सुवेदीले भने ‘१२ प्रतिशत बलात्कारका घटनामा १० वर्ष मुनिका बालबालिका रहेका छन् ।’

बलात्कार पनि आफन्त र नातागोता साथीहरुबाटै हुने गरेको प्रहरीको तथ्यांक रहेको सुवेदीले बताए । त्यसैगरी  विद्यालयमा नैतिक शिक्षा नहुँदा समेत आपराधीक क्रियाकलाप बढेको सुवेदीको दावी छ ।

उनले बैतडीकी भागरथी हत्या प्रकरणमा समेत आफन्तबाटै हत्या भएको स्मरण गर्दै निर्मला पन्तको हत्या समेत आफन्तबाटै भएको हुनसक्ने संकेत गरे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महिला तथा बालबालिका विरुद्ध हुने अपराध न्युनिकरणका लागि तीन महिने सुरक्षीत चेली अभियान सञ्चालन गरेको छ । महिला विरुद्ध हुने महिला हिंसा, घरेलु हिंसा तथा यौनजन्य हिंसा न्युनिकरणका सचेतना कार्याक्रम अन्तर्गत सुरक्षीत चेली अभियान कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

नागरीक समाज, स्थानीय तह जिल्ला प्रहरी कार्यालय महिता तथा जेष्ठ नागरीक शाखा र अन्य जिम्मेवार निकायसँग हातेमाले गरेर अपराध नियन्त्रणका लागि समाजमा रहेका सबै पक्षलाई सचेत गराउने उद्देश्यले तीन महिनासम्म सुरक्षीत चेली अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिए ।

उनले जिल्लाका विभिन्न विद्यालय र समुदायमा सचेतना मुलक कार्यक्रम गर्ने र दोस्रो चरणमा आत्मरक्षा कार्यक्रम सञ्चालन गर्ने बताए । तीन चरणमा हुने कार्यक्रममा पहिलो चरणमा विद्यालयका विद्यार्थीहरु र समुदायमा गएर सचेतना कार्यक्रम सञ्चालन गर्ने, दोस्रो चरणमा आत्मरक्षा कार्यक्रम सञ्चालन गर्ने र तेस्रो चरणमा सुरक्षीत चेली अभियानको समिक्षात्मक कार्यक्रम गर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.