आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु
तानसेन : जंगलमा लागेको आगो निभाउने क्रममा पाल्पामा एक जनाको मृत्यु भएको छ। पाल्पाको माथागढी गाउँपालिका ४ झडेवाका ६५ वर्षीय मानबहादुर सिंजालीको जंगमा आगो निभाउने क्रममा शनिबार मृत्यु भएको हो।
माथागढीको दानसिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा सिंजालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पाल्पामा केही दिनदेखि जंगल तथा खेत खरवारीमा आगो लाग्ने क्रममा बढेको छ। आगलागीबाट घटना बढेसंगै सुरक्षाकर्मी २४ घण्टा सर्तक भएर बस्नु परेको, सुख्खा मौसमको कारण आगलागीका घटनामा बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !