जेटबोटमा विभेद

जेटबोटमा विभेद

धनकुटा : सुनसरीको चतरा, त्रिवेणीहुँदै भोजपुर र धनकुटाको सीमा क्षेत्र सिम्लेसम्म सप्तकोसी नदीमा केही वर्षदेखि जेटबोट सञ्चालन भइरहेको छ। दूधकोसी, अरुण, तमोर नदीको संगमस्थल त्रिवेणीका स्थानीय भने आफूहरूलाई जेटबोटको प्राथमिकतामा नराखिएको गुनासो गर्छन्। जेटबोट सञ्चालकले आन्तरिक पर्यटकलाई मात्रै प्राथमिकता दिने गरेकाले चतरा जाँदा आउँदा सहज यात्रा गर्न नपाएको उनीहरूको भनाइ छ। 

त्रिवेणीमा २७ घरपरिवारको बसोबास छ। उनीहरूको नजिकको बजार चतरा र धरान हो। त्यहाँबाट कोसी तीरैतीर पैदल हिँड्दा साढे दुई घण्टामा चतरा पुगिन्छ। सहिदभूमि गाउँपालिका–१ त्रिवेणीका स्थानीय भानुभक्त राईका अनुसार चतरा र त्रिवेणीको दूरी करिब १४ किलोमिटर छ। जेटबोटबाट चतरादेखि त्रिवेणीसम्म पुग्न बढीमा १६ मिनेट लाग्छ। 

जेटबोट चतरादेखि अन्तिम गन्तव्य सिम्लेसम्म पुग्छ। त्रिवेणीदेखि सिम्ले दुई किलोमिटरको दूरीमा छ। आन्तरिक पर्यटकको चाप बढेका बेला करिब दुई घण्टापछि मात्रै आफूहरूको पालो आउने स्थानीय बताउँछन्। चतरादेखि त्रिवेणीसम्मको भाडा पाँच सय भए पनि स्थानीयलाई चार सय रुपैयाँ तोकिएको छ। तर, धेरैबेर पालो कुर्नु पर्दा कतिपय स्थानीय हिँडेर गन्तव्यतर्फ जाने गर्छन्। 

जेटबोट व्यवस्थापकहरूसँग पटकपटक छलफल भएपछि सहुलियत भाडा तोकिएको थियो। स्थानीयलाई सुविधा दिन कञ्जुस्याइँ गरिएको त्रिवेणीका राजकुमार राईले बताए। स्थानीय कृषि उत्पादन र बिक्री वितरण र होटल व्यवसाय सञ्चालनमा समस्या भएको उनको भनाइ छ। जेटबोटमा शनिबार र अन्य सार्वजनिक विदाका दिन पर्यटकको भीड हुने गर्छ। 

सप्तकोसी जल यातायात प्रालिका सञ्चालक राजेन्द्र कार्कीले जेटबोटको नियमित यात्रु स्थानीय भएको बताए। स्थानीयलाई प्राथमिकता दिएका छौं, त्यसपछि मात्रै आन्तरिक पर्यटकलाई प्राथमिकतामा राखिएको छ’, उनले भने। सार्वजनिक बिदाका दिनमा स्थानीयलाई केही असहज भएको हुन सक्ने राईले बताए। अब छिटै स्थानीयलाई परिचयपत्र दिइने उनले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.