जब ‘ध्रुवे’सँग जम्काभेट भयो

जब ‘ध्रुवे’सँग जम्काभेट भयो

चितवन : गैंडा गणकको टोली शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट निस्कियो। त्यही आसपास रहेको जंगली हात्ती ‘ध्रुवे’ घरपालुवा पोथी हात्तीको आकर्षणले पिछा लाग्यो। झन्डै १२ किलोमिटर दूरीको कोलकत्ता टापुसम्म पुग्यो।

शुक्रबारको गणना कार्य सकिन २० मिनेटजति बाँकी थियो। गणक टोली चढेको हात्ती र ध्रुवेको दिउँसो साढे २ बजे जम्काभेट भयो। ध्रुवे देखेपछि गणनाका लागि प्रयोग गरिएका हात्ती तर्सिए। हात्ती तर्सिएर उफ्रिँदा गणक र हात्तीसारे खसेर घाइते भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।

‘जंगली हात्तीसँग अचानक जम्काभेट हुँदा घरपालुवा हात्तीहरू तर्सिए’, सूचना अधिकारीले भने, ‘हात्ती उफ्रिन थाल्दा मान्छे खसेर घाइते भएका हुन्।’

त्यस क्रममा गणक र हात्तीसारेसहित पाँच जना घाइते भएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत विनोद श्रेष्ठको अवस्था गम्भीर रहेको जनाइएको छ। श्रेष्ठलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ। उनलाई नवलपुरको कावासोतीमा प्रारम्भिक उपचार गरिएको थियो।

काठमाडौंको ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए। चार जना सामान्य उपचारपछि घर फर्किएका छन्। हात्तीबाट खस्दा गणकका मोबाइल, क्यामेरालगायत सामग्री हराएको जनाइएको छ।

ध्रुवे हात्तीको आक्रमणबाट २०६६ देखि चार वर्ष अन्तरालमा १३ जनाको मृत्यु भएको थियो। गैंडा गणना कार्य स्थगन गरिएको कोषका सौराहा प्रमुख डा.बाबुराम लामिछानेले बताए। निकुञ्जमा चैत ९ गते गैंडा गणना सुरु गरिएको थियो। गैंडा गणनामा हात्तीलाई सजिलो माध्यम मानिन्छ। त्यही भएर हात्तीमा चढेर गैंडा गणना गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.