बल्झिँदै कोरोना व्याधि

बल्झिँदै कोरोना व्याधि

कोरोना भाइरसको महामारी विश्वव्यापी रूपमै फेरि बल्झिँदै गएको छ। अमेरिका र युरोपजस्ता अति प्रभावित क्षेत्र मात्र होइन, छिमेकी भारतमै आइतबार संक्रमितको संख्या एक लाख नाघेको छ। भारतमा हालसम्मकै यो उच्च संक्रमण दर हो।

सोमबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या १३ करोड १९ लाख ९३ हजार ८३ छ। यीमध्ये १० करोड ६२ लाख ९७ हजार ८ सय ७५ जना निको भएका छन्। कोरोना संक्रमणकै कारण २८ लाख ६७ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ।

कोरोना २ सय १९ देशमा फैलिएको छ। युरोपका धेरै, अमेरिका, भारतलगायत देशमा संक्रमण पुनः भयावह रूपमा बढ्न थालेको छ। वल्र्डोमिटरको सोमबार साँझ ५ बजेसम्मको तथ्यांकका आधारमा वल्र्डोमिटरले १० राष्ट्रलाई क्रमशः पहिलोदेखि दसौं नम्बरसम्म सूचीकृत गरेको छ। उक्त तथ्यांक हेर्दा पनि विश्वमा पुनः एक पटक संक्रमितको संख्या बढ्दै गएकाले सचेत हुनुपर्ने देखिएको छ।

अमेरिका
अमेरिकामा कुल संक्रमितको संख्या ३ करोड १४ लाख २० हजार ३ सय ३१ छ। मृत्यु हुनेको संख्या ५ लाख ६८ हजार ७ सय ७७ पुगेको छ। सक्रिय संक्रमितको संख्या ६९ लाख ४ हजार ८ सय ५१ छ। यीमध्ये ८ हजार ७ सय १२ जनाको अवस्था चिन्ताजनक छ।

आइतबार ३६ हजार ६ सय ७० नयाँ संक्रमित फेला परे। २ सय ७७ जनाको मृत्यु भयो। गत साता सरदर दैनिक ६४ हजार १९ मा कोरोना संक्रमण भयो। गत दुई साताको तुलनामा संक्रमणदर १८ प्रतिशतले बढेको छ। जनवरीको तुलनामा स्थिति केही नियन्त्रणमा रहे पनि हिजोआज पुनः बढ्न थालेको हो। अन्य राज्यभन्दा मिचिगनमा संक्रमण दर उच्च रहेको ‘द न्युयोर्क टाइम्स’ले जनाएको छ।

ब्राजिल
ब्राजिलमा कुल संक्रमितको संख्या १ करोड २९ लाख ८४ हजार ९ सय ५६ छ। मृत्यु हुनेको संख्या ३ लाख ३१ हजार ५ सय ३० पुगेको छ। सक्रिय संक्रमितको संख्या १२ लाख ९५ हजार ९ सय ५ रहेकामा ८ हजार ३ सय १८ जना चिन्ताजनक अवस्थामा छन्।

भारत
भारतमा कुल संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार ६७ छ। १ लाख ६५ हजार १ सय ३२ जनाको मृत्यु भएको छ। ७ लाख ४१ हजार ७ सय ९९ सक्रिय संक्रमित रहेकामा ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ।

भारतमा दिनप्रतिदिन कोरोना संक्रमण बढिरहेको छ। एकै दिन एक लाखभन्दा बढीमा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। महामारी सुरु भएयताकै यो उच्च संक्रमणदर हो। यसअघि सेप्टेम्बर १६ मा ९७ हजार ८ सय ९४ जनामा संक्रमण देखिएको थियो। त्यसपछि भारतमा संक्रमणदर घट्दो थियोे।

पछिल्लो २४ घण्टामा कुल संक्रमितको संख्या १ लाख ३ हजार ५ सय ५८ मध्ये महाराष्ट्रमै ५७ हजार ७ सय संक्रमित फेला परेका छन्। संक्रमण फैलिन नदिन राज्य सरकारले रातको समयमा कफ्र्यु, साताव्यापी लकडाउन, दिनको समयमा विभिन्न प्रतिबन्ध लगाउने आदि व्यवस्था गरेको छ।

फ्रान्स
फ्रान्समा ४८ लाख २२ हजार ४ सय ७० जनालाई कोरोना संक्रमण भएको छ। ९६ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ। ४४ लाख २६ हजार १ सय ६८ सक्रिय संक्रमित रहेकामा ५ हजार ३ सय ४१ जनाको अवस्था चिन्ताजनक छ। युरोपमा सबैभन्दा बढी संक्रमण पाइएको फ्रान्समा फेब्रुअरीयता संक्रमणदर झन्डै दोब्बर पुगेको छ। दैनिक संक्रमणदर ४० हजार हाराहारी छ। संक्रमण फैलनबाट रोक्न फ्रान्समा तेस्रो चरणको लकडाउन सुरु गरिएको छ। 

रूस
रूसमा कुल संक्रमितको संख्या ४५ लाख ८९ हजार ५ सय ४० पुगेको छ। मृत्यु हुनेको संख्या १ लाख ७ सय १७ छ। सक्रिय संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ९० छ। संक्रमणका कारण गम्भीर बिरामी परेकाको संख्या २ हजार ३ सय छ।

बेलायत
बेलायतमा कुल संक्रमितको संख्या ४३ लाख ५९ हजार ३ सय ८८ छ। १ लाख २६ हजार ८ सय ३६ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ३ लाख ३० हजार ९ सय १० रहेकोमा जोखिमपूर्ण अवस्थाका बिरामी ५ सय १७ जना छन्।

कोरोना संक्रमण फैलन नदिन इङ्ल्यान्डमा हरेक नागरिकलाई निःशुल्क रूपमा ‘र्‍यापिड टेस्ट किट’ उपलब्ध गराइने भएको छ। आफूले चाहेको खण्डमा घरसम्म नै यी किट पुर्‍याइदिने व्यवस्था सरकारले गरेको छ।

इटाली
इटालीमा संक्रमितको संख्या ३६ लाख ६८ हजार २ सय ६४ पुगेको छ। मृत्यु हुनेको संख्या १ लाख ११ हजार ३० छ। सक्रिय संक्रमित ५ लाख ६९ हजार ३५ रहेकामा ३ हजार ७ सय ३ जना गम्भीर अवस्थाका संक्रमित छन्।

टर्की
टर्कीमा कुल संक्रमितको संख्या ३४ लाख ८७ हजार ५० छ। संक्रमणका कारण ३२ हजार २ सय ६३ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमित ३ लाख ४९ हजार ४ सय ३७ रहेकामा जोखिमपूर्ण अवस्थामा २ हजार ३ सय ११ जना छन्।

स्पेन
स्पेनमा कुल संक्रमितको संख्या ३३ लाख ९ सय ६५ छ। मृत्यु हुनेको संख्या ७५ हजार ६ सय ९८ छ। सक्रिय संक्रमित १ लाख ७० हजार ५ सय ४२ रहेकामा गम्भीर अवस्थाका बिरामी १ हजार ८ सय ९२ जना छन्।

जर्मनी
जर्मनीमा कोरोना संक्रमितको संख्या २८ लाख ९५ हजार ६ सय ३१ पुगेको छ। मृत्यु हुनेको संख्या ७७ हजार ५ सय ५७ छ। सक्रिय संक्रमित २ लाख ३६ हजार ५ सय ७४ रहेकामा चिन्ताजनक अवस्थामा ३ हजार ६ सय ८० जना छन्।

संक्रमितको संख्या बढ्दै गए पनि यसले खोपको गतिको सन्दर्भमा बेलायत, इजरायल र अमेरिकालाई पछि पारेको छ। आगामी मेको सुरुसम्म २० प्रतिशत जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य लिएको त्यहाँका स्वास्थ्यमन्त्री जेन्स स्पानलाई उद्धृत गर्दै द सनले जनाएको छ।

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.