शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

शिक्षकमा कोरोना देखिएपछि विद्यालय बन्द

महेन्द्रनगर : कञ्चनपुरको महेन्द्रनगरस्थित भृकुटी माध्यमिक विद्यालयका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । आइतबार समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयका निमित्त प्रधानाध्यापक विरेन्द्र प्रसाद भट्टले विद्यालयका अन्य शिक्षक र सम्र्पकमा आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गराउन  आग्रह गरेका छन्।  संक्रमण बढ्न सक्ने भएकाले अर्को सूचना नआएसम्म विद्यालय बन्द गरिएको हो। 

विद्यालयका अन्य १६ जना शिक्षकहरुको एन्टिजेन परीक्षण गराउँदा सबैको नेगेटिभ आएको छ भने संक्रमित शिक्षकका श्रीमतीलाई समेत संक्रमण पुष्टि भएको छ । आइतबार कञ्चनपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.