मापसे गरी एम्बुलेन्स चलाउँदा दुर्घटना
धनकुटा : सुत्केरी महिला पुर्याएर हिलेबाट विराटनगरतर्फ फर्कदै गरेको को १ च ४६१५ नम्बरको एम्बुलेन्स धनकुटा–४ देब्रेबासमा दुर्घटना भएको छ । विराटनगर सिटी प्रालि अस्पतालको सो एम्बुलेन्स सोमबार बिहान कोशी लोकमार्गको देब्रेबासमा दुर्घटना भएको हो।
एम्बुलेन्स सडकको नाली भत्काइ देब्रेबास बस्ने राकेश ब्लोन तामाङको आँगनमा पुगेको थियो । एम्बुलेन्स चालक विराटनगर महानगरपालिका वडा नं. १४ बस्ने ३० वर्षीय नरेश शाहले मादकपदार्थ सेवन गरी एम्बुलेन्स चलाउँदा दुर्घटना भएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए् ।
प्रहरीले चालक शाह र सहचालक सोही ठाउँका २४ वर्षीय श्रवण मण्डल नियन्त्रणमा लिएको छ । दुर्घटनापछि एम्बुलेन्समा चेकजाँच गर्दा चालकको सिटमुनि करिब ३ सय ग्राम अवैध गाजा र डेढ लिटर लोकल रक्सी बरामद गरेको छ ।
प्रहरीले नियन्त्रणमा लिएको चालक शाह र सहचालक ठाकुर मेडिकल परीक्षण गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । मेडिकल परीक्षणमा चालक शाहले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !