महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण

महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण

महेन्द्रनगर : कञ्चनपुरको महाकाली अस्पतालका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालको प्रशासन फाँटमा कार्यरत ५ जना कर्मचारी, ४ जना स्टाफ नर्स र ५ जना कार्यालय सहयोगीमा कोरोना पोजिटिभ देखिएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए।

केहीलाई आइसोलेसन केहीलाई होम आइसोलेसनमा बस्ने गरी व्यवस्था मिलाएको उनले बताए। 'संक्रमण बढीरहेको बेला अस्पतालको जनशक्ति कम थियो त्यसैमा कर्मचारीलाई संक्रमण हुँदा समस्या थपिएको छ', अध्यक्ष जोशीले भने, 'अस्पतालमा बेड थपेर कोरोना संक्रमितका लागि उपचारका लागि थप व्यवस्थित गर्ने तयारीमा छौं।' 

उनले बिहीबारदेखि अस्पतालमा ६ वटा आइसियु बेड तथा ४ वटा भेन्टिलेटर बेड थप गरी अस्पतालले सेवा दिने बताए।  महाकाली अस्पतालको आइसोलेसनमा अहिले लक्षण देखिएका ३८ जना बिरामी राखिएको छ भने लक्षण नदेखिएका ५४ जनालाई आइसिएचको भवनमा राखिएको छ। 

त्यसैगरी बुधबार कञ्चनपुरमा ७० जना कोरोना संक्रमित थपिएका छन्। २० जना पिसिआर पोजिटिभ छन् भने ५० जना एन्टिजेन पोजिटिभ छन्। हालसम्म कञ्चनपुरमा पिसीआर पोजिटिभ सक्रिय संक्रमित संख्या १०९ पुगेको छ भने एन्टिजेन सक्रिय संक्रमितको संख्या २७४ पुगेको छ। 

कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिकस्थलमा २५ भन्दा बढी व्यक्ति जनमघट हुनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नका लागि बुधबारदेखि लागू हुने गरी आदेश जारी गरेको छ। भारतका विभिन्न प्रान्तमा कोरोना भाइरसको संक्रमण बढ्दै जान थालेकाले कञ्चनपुर समेत उच्च जोखिममा रहेकाले जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नका लागि आग्रह गरिएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताए।

सिनेमा हल, पार्टीप्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ जिमखाना, स्वीमिङपुल, फुटसल, सभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ। त्यसैगरी धार्मिक क्रियाकलाप तथा विवाहलगायतका कार्यमा २५ भन्दा बढी व्यक्ति उपस्थित नहुने, सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने, यात्रुले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, होटल तथा रेष्टुरन्ट बिहान ८ देखि साँझ ८ बजेसम्म मात्रै खोल्न पाइने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.