मोरङमा कोरोना संक्रमणबाट भारतीय नागरिकको मृत्यु

मोरङमा कोरोना संक्रमणबाट  भारतीय नागरिकको मृत्यु

विराटनगर  : मोरङमा उपचाररत कोरोना भाइरस संक्रमित एकजना भारतीय नागरिकको आइतबार मृत्यु भएको छ । नेपालसँग सीमाना जोडिएको भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा ज्यान गएको हो । विराट कोभिड अस्पताल इन्चार्ज सुनिल देवका अनुसार भारतीय नागरिकको बिहान ७:१० बजेतिर मृत्यु भएको हो । 

अस्पतालले प्राप्त गरेको जानकारी अनुसार व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको देवले बताए । मृतकको शव व्यवस्थापन कसरी गर्नेभन्ने विषयमा सरोकारवाला निकायसँग समन्वय भइरहेको उनको भनाइ छ । 

कोरोना संक्रमित दुई वृद्धाको पनि मृत्यु 

विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुईजना वृद्धा महिलाको पनि मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ज्यान गएको हो । 

विराटनगर महानगरपालिका–६ की ६८ र सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको मृत्यु भएको कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए । उनका अनुसार कोरोना पुष्टि भएपछि विराटनगरकी वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार बिहान ६ :४० बजेतिर ज्यान गएको राजवंशीले बताए । 

त्यस्तै सुनसरीकी महिलालाई भने शनिबार नै ल्याएर आइसोलेसनमा भर्ना गरी उपचार थालिएको थियो । उनको राति ९ बजेतिर मृत्यु भएको जानकारी राजवंशीले दिए । दुवै मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको उनले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.