पाल्पामा २ जना संक्रमितको मृत्यु
तानसेन : सोमबार पाल्पामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा दुई जना वृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नंं ३ पीपलडाँडाका ७८ वर्षीय र रामपुर नगरपालिका वडा नंं १० गेझाँका ७२ वृद्ध रहेका छन् ।
रम्भा ३ पीपलडाँडाका ७८ वर्षीय वृद्धको मिशन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने रामपुर १० गेझाँका ७२ वर्षीय वृद्धको अस्पतालबाट डिस्चार्ज भएर घरको क्वारेन्टिनमा रहँदा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पंन्थीका अनुसार दुबैको शव पारिवारिक सदस्यहरुले व्यवस्थापन गरेका छन् ।
थप २ जनाको मृत्यु भएसँगै पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।