भक्तपुरमा २४ घन्टाभित्र ४ जना कोरोना संक्रमितको मृत्यु

भक्तपुरमा २४ घन्टाभित्र ४ जना कोरोना संक्रमितको मृत्यु

भक्तपुर : भक्तपुरमा गएको २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । यसअघि पनि एकैदिन ४ जना संक्रमितको मृत्यु भएको थियो । नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिएपछि यहाँ मर्ने संक्रमितको संख्या ११ पुगेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिनुअघि भक्तपुरमा एकसय २८ जना संक्रमितको मृत्यु भएको थियो तर अहिले मर्नेको संख्या एकसय ३९ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए । 

भक्तपुरमा ८९ जना पुरुष र ५० जना महिला संक्रमितको मृत्यु भएको हो । उनका अनुसार गएको २४ घन्टामा एक पुरुष र ३ महिला संक्रमितको मृत्यु भएको हो । जसअनुसार मध्यपुर थिमि नपामा एक महिला र एक पुरुष गरी दुईजनाको मृत्यु भएको प्रमुख मिजार बताउँछन् ।‘भक्तपुर र चाँगुनारायण नपाका एकएक महिला संक्रमितको मृत्यु भएको छ’, उनले भने ।

भक्तपुरका ४ नपा भने सबैभन्दा बढी भक्तपुरका ३१ पुरुष र १८ महिला गरी ४९ जना संक्रमितले ज्यान गुमाएका छन् । भक्तपुरपछि मध्यपुर थिमि नपाका ३२ पुरुष र १६ महिला गरी ४८ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ जना र चाँगुनारायण नपाका ८ पुरुष र ३ महिला गरी ११ जना संक्रमितले ज्यान गुमाएका छन् ।

यहाँ सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ८४ जना पुगेका छन् । जसअनुसार एकहजार ३ सय ६२ पुरुष र एकहजार एक सय २२ जना महिला रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.