बयालपाटा अस्पतालमा कोरोना संक्रमित बिरामीको शल्यक्रिया

बयालपाटा अस्पतालमा कोरोना संक्रमित बिरामीको शल्यक्रिया

अछाम : जिल्लाको बयालपाटा अस्पतालमा कोरोना भाइरस कोभिड १९ का बिरामीको उपचार गरिएको छ। अछाम, बाजुरा, डोटीलगायतका सुदूरपश्चिमका अन्य र कर्णाली समेतका केही जिल्लाका बिरामीलाई निशुल्क स्वास्थ्य सेवा दिइरहेको अस्पतालमा हालकोभिड १९ का बिरामीको पनि उपचार भइरहेको अस्पतालले जनाएको छ ।

सरकारले कोभिड विशेष अस्पताल नतोके पनि उपचारका लागि आएका बिरामीलाई कोरोना संक्रमण भएपछि यही राखेर उपचार भइरहेको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दिप पाठकले बताए ।

अन्य उपचारको लागि बिरामी अस्पताल आउछन् तर लक्षण हेर्दा कोरोनासँग मिल्दो जिल्दो हुन्छ डा. पाठकले भने, 'एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि हुन्छ, ती बिरामीलाई अस्पतालमै आइसोलेसन बनाएर उपचार गरिरहेका छौँ ।'

केही दिन पहिले मात्र डोटीको दिपायल सिलगढी नगरपालिका ४ का ४७ वर्षीया बिरामीको खुट्टको सफल शल्यक्रिया भएको छ। उनी खुट्टामा घाउ पाकेपछि उपचारको लागि बयालपाटा अस्पताल पुगेका थिए । उनको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा पोजिटिभ देखायो ।

तर पनि उनको अस्पतालका मेडिल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दीप पाठकको टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको हो। छुट्टै अप्रेशन कक्ष बनाएर उनको शल्यक्रिया गरिएको हो। हाल उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको डा. पाठकले बताए । डोटीबाट उपचारकै लागि अछाम पुगेका ती बिरामीले सफल शल्यक्रिया भएपछि आफू निको भएर घर फर्किनेमा विश्वस्त रहेको बताए ।

हाल जिल्लामा कोरोनाको संक्रमण बढेपछि अस्पतालमा बहिरंग सेवा बन्द भएपनि फिभर क्लिनिक, आकस्मिक र अन्तरंग सेवा सुचारु छन् । अस्पतालले आकस्मिक सेवासँगै अन्य कोरोना संक्रमित बिरामीको पनि उपचार गरिरहेको छ । अस्पतालमा हाल १० जना कर्मचारीसँगै ४ जना कोरोना संक्रमित र ३ जना कोरोनाकै संकास्पद बिरामीको उपचार भइरहेको छ ।

सरकारले देशका सिमित मात्र अस्पताललाई कोभिड विशेष अस्पताल भनेर घोषणा गरेको छ । ती अस्पतालमा सरकारले कोभिडका बिरामीको उपचारकै लागि भनेर कर्मचारी, श्रोत साधन र उपकरण पठाएको छ ।

तर बयालपाटा अस्पताललले भने कोरोनाका लागि आफ्नै श्रोत साधन र साँफेबगर नगरपालिकाको सहयोगमा कोरोना संक्रमित बिरामीको उपचार गरिरहेको छ ।
यतिबेला विश्व नै कोरोनाले आक्रान्त छ । नयाँ भेरियण्टसहितको कोभिड १९ ले नेपालमा समेत यसको जोखिम उच्च रहेको छ । हरेकदिन संक्रमण र मृत्युदर बढिरहेका छन्।

सुदूरपश्चिम प्रदेशका ७ पहाडि जिल्लाका २ अस्पताल बाहेकमा आफ्नै अक्सिजन प्लाण्ट छैन । जसले गर्दा उपचारमा कठिनाइ भइरहेको छ । अक्सिजन सिलिण्डर प्रयोग गरेर उपचार गर्नु परिरहेको छ । अहिले देशभरी नै अक्जिनको अभाव भइरहेको छ ।

बयालपाटा अस्पतालमा भने अक्सिजन प्लाण्टबाट अक्सिजन उत्पादन हुँदै  आएको  छ। कोभिड कै बिरामीको लागि भनेर छुट्टै अक्सिजन प्लाण्ट छैन तर अस्पतालमा आउने बिरामीलाई अक्सिजनकै लागि भनरे रेफर गर्नु पर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ।

अक्सिजन प्लाण्ट अस्पतालको आकस्मिक कक्ष, अन्तरंग विभाग र शल्यक्रिया भवनमा मात्रै रहेकाले अक्सिजन सिलिण्डर भरेर अन्यन्त्र निर्यात तथा सप्लाइ गरिएको छैन।यस्तै डडेलधुरा उपक्षेत्रीय अस्पतालमा पनि आफ्नै अक्सिजन प्लाण्ट  छ । त्यहाँ जाने बिरामीको लागि आवश्यक पर्ने अक्सिजन अस्पतालबाटै प्रयोग गर्न सकिने अस्पताललले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.