गुल्मीका कोरोना संक्रमितको हेलिकोप्टरबाट उद्दार
गुल्मी : गुल्मीमा कोरोना संक्रमितलाई लिन दिनहुँ हेलिकोप्टर आउने गरेका छन् । तीन दिनको अवधिमा चारवटा हेलिकोप्टरले जिल्लाका संक्रमित बिरामीलाई थप उपचारका लागि काठमाडौं र चितवन लगेका छन् । तीनजना जिल्ला अस्पताल तम्घासमा उपचाररत बिरामी र एकजना होम आइसोलेसनमा रहेकालाई काठमाडौं र चितवनका अस्पतालमा लगिएको छ ।
आफ्नै खर्चमा संक्रमितलाई हेलिकोप्टरमार्फत लैजाने गरेको जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । जिल्लामा हालसम्म ६ सय ४० जना कोरोना संक्रमित पुगेका छन् । उपचाररत बिरामीलाई जिल्लामा अक्सिजनको मात्रा कम देखिएपछि बाहिर पठाउनु परेको स्वास्थ्यकर्मीले बताए।
पछिल्लो समय कोभिडका बिरामी उद्धारमा वायु सेवाहरूले हेलिकोप्टर उपलब्ध गराएका छन् ।
प्रतिक्रिया दिनुहोस !