भक्तपुरमा संक्रमतिको मृत्युदर बढ्दो

भक्तपुरमा संक्रमतिको मृत्युदर बढ्दो

भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण भएको मृत्युदर निरन्तर बढेको छ। मंगलबार नयाँ थपिएको संक्रमितको संख्याको ३.३९ प्रतिशत मृत्युदर रह्यो। २६५ जना नयाँ संक्रमित थपिँदा मंगलबार नौजना संक्रमितले ज्यान गुमाए। भक्तपुरमा यो संख्या कोरोना भाइरस संक्रमणका कारण मर्नेहरुको अहिलेसम्मकै सबैभन्दा बढी हो।

यसअघि एकैदिन ६ जना संक्रमितको मृत्यु भएको थियो। गएको पाँच दिनदेखि भक्तपुरमा लगातार संक्रमितको मृत्यु भइरहेको छ। अस्पताल तथा स्वास्थ्य संस्थामा संक्रमितले शय्या पाउन सकिरहेका छैनन्। अस्पताल पुगेकाहरुले समेत अक्सिजन ग्यास पाउन सकेका छैनन्।

अक्सिजन नपाएरै संक्रमितहरुले मृत्युवरण गर्न बाध्य भइरहेका छन्। 

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण फैलिएपछि भक्तपुरमा संक्रमणसँगसँगै मृत्युदर पनि बढिरहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका अनुसार मंगलबार एकैदिन ९ जना संक्रमितको मृत्यु भएसँगै भक्तपुरमा संक्रमणकै कारण मर्नेको संख्या १६३ पुगेको छ। जसमा १०५ पुरुष र ५८ जना महिला रहेको कार्यालय प्रमुख कृष्ण मिजारले जानकारी दिए।

उनका अनुसार मंगलबार ५ महिला र ४ पुरुष संक्रमितको ज्यान गएको छ। जसमध्ये भक्तपुरका चार नगरपालिकामध्ये सूर्यविनायकका मात्रै २ पुरुष र २ महिला गरी ४ जना संक्रमितको मृत्यु भएको प्रमुख मिजारले बताए।

मध्यपुर थिमि नपाका २ पुरुष र एक महिला संक्रमितको मृत्यु हुँदा भक्तपुर र चाँगुनारायण नपाका एकएक जना संक्रमित महिलाको मृत्यु भएको उनको भनाइ छ।

अहिलेसम्म भक्तपुरमा सबैभन्दा बढी मध्यपुर थिमि नपाका संक्रमितको मृत्यु भएको छ। यहाँका ३८ पुरुष र १७ महिला गरी ५५ जना संक्रमितले ज्यान गुमाएका छन्।

मध्यपुर थिमिपछि भक्तपुर नपाका ३२ पुरुष र २० महिला गरी ५२ जना, सूर्यविनायकका २५ पुरुष र १६ महिला गरी ४१ जना तथा चाँगुनारायण नपाका १० पुरुष र ५ महिला गरी १५ जना संक्रमितको मृत्यु भएको छ।

सक्रिय संक्रमित ४ हजार २३२ जना
भक्तपुरमा २ हजार २६३ पुरुष र एकहजार ९ सय ६९ महिला गरी ४ हजार २३२ जना सक्रिय संक्रमित पुगेका छन्। सक्रिय संक्रमितमध्ये १२६ पुरुष र सय जना महिला गरी २२६ जना अस्पताल तथा नपाले सञ्चालन गरेको आइसोलेसनमा रहेका छन्। यो कूल संक्रमितको ५ प्रतिशतमात्रै हो। बाँकी ९५ प्रतिशत सक्रिय संक्रमित होम आइसोलेसनमा बसेका छन्। 

चाहेर पनि अस्पताल पुग्न नसकिने स्थिति आएपछि होम आइसोलेसनमा बस्नेहरुको संख्या अत्यधिक बढेको स्वास्थ्य कार्यालयका प्रमुख मिजार बताउँछन्।

संक्रमित १५ हजार नजिक
भक्तपुरमा कोरोना संक्रमितको संख्या १५ हजार नजिक पुगेको छ। यहाँ ८ हजार २९४ पुरुष र ६ हजार ६५५ महिला गरी १४ हजार ९४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यस्तै ५ हजार ९२६ पुरुष र ४ हजार ६६८ महिला गरी १० हजार ५९४ जना अर्थात ७० प्रतिशत संक्रमित डिस्चार्ज भएका छन्। 

दोस्रो लहर सुरु नहुँदा ९६ प्रतिशतसम्म पुगेको डिस्चार्ज दर अहिले घटेर ७० प्रतिशतमा झरेको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.