अमेरिका बस्ने नेपालीहरुबाट नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग
![अमेरिका बस्ने नेपालीहरुबाट नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग](https://annapurnapost.prixacdn.net/media/albums/narayaniho_20210522165411_apfIJ9wMGv.jpg)
वीरगन्जः वीरगन्जको नारायणी अस्पताललाई अमेरिकामा बस्दैआएका नेपालीहरुको एक संस्था मधेसी एशोसियसन इन अमेरिका (माँ) क्यालिफोर्निया च्याप्टरले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
मधेसी एशोसियसन इन अमेरीका (माँ) क्यालिफोर्निया च्याप्टरले नारायणी अस्पताललाई सेमीभेन्टिलेटर बी प्याप एक थान, अक्सिमिटर २० थान, थर्मलगन २० थान र डिजिटल बीपी सेट २० थान सहयोग गरेको हो ।
अमेरिकाबाट पठाइएका ती स्वास्थ्य सामाग्री सामाजिक अभियन्ता ओम प्रकाश सर्राफले नारायणी अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्र प्रधानलाई हस्तान्तरण गरेका छन् ।
नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार स्वास्थ्य सामाग्रीको अभाव भएको चिकित्सकले बताएपछि आफुले पहल गरेको र संस्थाका अध्यक्ष दिनेश साहले अमेरिकाबाट करिब ४ लाख मुल्य बराबरको ती स्वास्थ्य सामाग्री पठाइदिएको सामाजिक अभियन्ता सर्राफले बताए ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंह, डाक्टर सरोज रोशन दास, नर्सीङ इन्चार्ज अहेमा थापाको पनि उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)