भक्तपुरका ४ वटै नपामा संसद् विघटनविरुद्ध पाँच दलको संयुक्त संयन्त्र

भक्तपुरका ४ वटै नपामा संसद् विघटनविरुद्ध पाँच दलको संयुक्त संयन्त्र

भक्तपुर : प्रतिनिधिसभा विघटनविरुद्ध एकजुट भएका पाँच दलले भक्तपुरका ४ वटै नपामा संयन्त्र गठन गरेका छन् । जिल्लास्तरीय संयन्त्र गठन गर्दै आन्दोलनसमेत घोषणा गरिसकेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल समूह र जनमोर्चा नेपालले नगरस्तरीय संयन्त्र गठन गरेका हुन् ।

असंवैधानिक प्रतिनिधिसभा विघटनविरुद्ध नगर र नगरका वडा तहसम्म आन्दोलन गर्न नगरस्तरीय संयन्त्र बनाइएको नेपाली कांग्रेस भक्तपुरका उपसभापति हरिप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार संसद विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको असंवैधानिक कदमको विरोध गर्न प्रत्येक दलबाट २–२ जना प्रतिनिधि रहने गरी भक्तपुरमा जिल्लास्तरीय संयन्त्र निर्माण गरिसकिएको छ । सोही संयन्त्रको बैठकले भक्तपुरका ४ वटै नपामा समेत नगरस्तरीय संयन्त्र विस्तार गरिएको उपसभापति नेपालले बताए ।

उनकाअनुसार भक्तपुर नगरमा कांग्रेसका रामप्रसाद कासुला, माओवादी केन्द्रका सुनिल गोथे, जनमोर्चाका दिनेश गोसाई, जनता समाजवादीका सुरेन्द्रविक्रम ध्वान्जू र एमाले माधव नेपाल समूहका रामगोपाल चगुठी रहेको संयन्त्र बनाइएको छ ।

मध्यपुर थिमि नपामा गठन गरिएको संयन्त्रमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ, माओवादी केन्द्रका कृष्णलाल गोजा श्रेष्ठ, जनमोर्चाका भीम श्रेष्ठ, जनता समाजवादीका सरोज घजू र एमाले माधव नेपाल समूहका प्रेमानन्द श्रेष्ठ रहेका छन् ।

चाँगुनारायण नपामा कांग्रेसका शिवहरि केसी, माओवादी केन्द्रका रामशरण दाहाल, जनता समाजवादीका सरोज फुयाल र एमाले माधव नेपाल समूहका वासुदेव खड्का रहेको संयन्त्र गठन गरिएको छ ।

त्यस्तै सूर्यविनायक नपामा कांग्रेसका बालकृष्ण थापा, माओवादी केन्द्रका जीवन तज, जनमोर्चाका उत्तम सापकोटा, जनता समाजवादीका रमेश बञ्जाडे र एमाले माधव नेपाल समूहका दीपक बिसुन्के रहेको संयन्त्र गठन गरिएको छ ।

पाँचदलीय संयन्त्रले संसद विघटनविरुद्ध बिहीबार बेलुका ७ बजे आआफ्नो घरको कौसी वा झ्यालबाट रितो थाल बजाउने आन्दोलनसमेत घोषणा गरिसकेका छन् ।
नगरस्तरमा गठन भएका संयन्त्रले बिहीबार आआफ्नो नगरका वडा वडामा प्रतिगमन २ विरुद्ध कालो झन्डा फहराएका छन् । भक्तपुरमा गठित संयन्त्रका प्रतिनिधि एवं नेपाली कांग्रेस भक्तपुर नगरका सभापति रामप्रसाद कासुलाले भक्तपुर नपाका १० वटै वडामा कालो झण्डा फहराइएको जानकारी दिए ।

उनले कालोझण्डासँगै पाँचदलको संयुक्त प्रेसविज्ञप्तिसमेत टाँस गरिएको बताए ।संयन्त्रमा सहभागी पाँचदलका नगरस्तरीय नेता तथा कार्यकर्ताहरु बिहीबार बिहानै वर्षामा रुझेरै वडाका मुख्यमुख्य ठाउँमा कालो झण्डा फहराएका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.