बोको हरामका नेता सेकाउको मृत्यु भएको घोषणा

बोको हरामका नेता सेकाउको मृत्यु भएको घोषणा

नाइजिरियाको उग्रवादी समूह बोको हरामका नेता अबुबकार सेकाउले आफ्नो ज्यान आफैँ लिएको एउटा विपक्षी लडाकू समूहले एउटा अडियो रेकर्डिङमा बताएको छ । समाचार संस्थाहरूले प्राप्त गरेको उक्त अडियो रेकर्डिङमा दुईवटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोटन गराएको इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी)ले जनाएको छ ।

सेकाउ अघिल्लो महिना पनि मारिएका विवरण आएका थिए। त्यसअघि पनि उनको मृत्यु भएको समाचारहरूमा जनाइएको थियो।

बोको हराम वा नाइजिरियाको सरकार कसैले पनि उनको मृत्युलाई पुष्टि गरेका छैनन्। मिति उल्लेख नगरिएको अडियो रेकर्डिङमा आइएसडब्लूएपीका नेता अबु मुसाब अल–बरनावीले सेकाउले आफैँलाई विस्फोटन गराएर आफ्नो ज्यान लिएको बताएका छन्।

'भगवानले उनलाई स्वर्ग पठाएर उनीमाथि न्याय गरेका छन्,' एएफपी समाचार संस्थाबाट प्राप्त अडियो ट्रान्सक्रिप्टमा उल्लेख छ।

अघिल्लो महिना भिडन्तमा सेकाउको मृत्यु भएको खबरहरू आएपछि नाइजिरीयाली सेनाले आफूले उक्त विषयमा अनुसन्धान गर्ने बताएको थियो। सेनाका प्रवक्ता ब्रिगेडियर जेनेरल मोहमद येरियाले के भएको थियो भन्नेबारे अनुसन्धान भइरहेपनि ठोस प्रमाण बिना वक्तव्य सार्वजनिक नगर्ने बताए।

सुरक्षा निकायसँग निकट सम्बन्ध भएका एकजना पत्रकारले आइएसडब्लूएपीले उत्तर पूर्वी नाइजिरियाको साम्बिसास्थित जंगलमा रहेका बोको हरामका अखडाहरूमा हमला गर्दा सेकाउ मारिएको बताए। यसअघि पनि उनी मारिएको खबर आउने गर्थ्यो र कैयौँ पटक उनी पुनः देखा परेका थिए।

सन् २००९ मा बोको हरामका संस्थापक आफ्ना पिता मोहमद युसुफलाई प्रहरीले मारिदिएपछि उनले उक्त समूहको नेतृत्व गरेका थिए।

त्यसयता उत्तर पूर्वी नाइजिरियाको द्वन्द्वमा ४० हजारभन्दा बढीले ज्यान गुमाएका छन् र २० लाखभन्दा बढी विस्थापित भएका छन्। पछिल्लो दशकमा उक्त क्षेत्रका अधिकांश हिस्सामा बोको हराम लडाकूहरू सक्रिय छन्।

सन् २०१४ मा बोर्नो राज्यको एउटा विद्यालयबाट बोको हराम समूहले सयौँ छात्राहरूको अपहरण गरेको थियो त्यसमध्ये कैयौँ अझै बेपत्ता छन्। अर्को उत्तर पूर्वी राज्य योबेबाट विद्यार्थीहरूको त्यस्तै किसिमको अपहरण सन् २०१८ मा गरिएको थियो।

आइएसडब्लूएपी बोको हरामबाट सन् २०१६ मा अलग भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.