दाहालको बचाउमा नेपाल पक्ष

दाहालको बचाउमा नेपाल पक्ष

काठमाडौं  : एमालेको माधवकुमार नेपाल पक्षले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको बचाउ गरेको छ। माधव पक्षले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री केपी ओलीमाथि सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्रसँग एकीकरणका प्रयास गरेका भन्ने विषयमा प्रश्न तेर्स्याइएको छ।

‘सर्वोच्चबाट दुई पार्टीको एकीकरण भंग नभई नाम फेर्न समय दिइएको र आफूले पहल गरेको तर्क गर्नुभएको छ’, माधव पक्षको वक्तव्यमा भनिएको छ, ‘यदि त्यसो हो भने पार्टी अध्यक्ष रहनुभएका केपी ओलीद्वारा पार्टीको विधिवत् बैठक बोलाएर नेकपा (माओवादी केन्द्र)सँगको एकीकरणको विषयमा के गर्ने भन्ने छलफल किन नगराएको त ? के यति गम्भीर विषय कुनै दुई जनाको मात्र सरोकार र कुराकानीको विषय हुन सक्छ ?’

अध्यक्ष ओलीले नेकपा भंग सर्वोच्च अदालतले नभएर पुष्पकमल दाहालले नचाहेर भएको आफ्नो एमाले एकताको प्रस्तावमा उल्लेख गरेका थिए। २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला एकीकरण प्रक्रिया भंग हुनुको मुख्य कारण दाहाल भएको भन्दै टिप्पणी प्रति उनले असहमति जनाएका छन्। 

उनले आफूले पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले पहल पनि लिएको बताउँदै भने, ‘तर पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन।’ अध्यक्ष ओलीको एकता प्रस्तावमा पार्टी एकताका आधार, सिद्धान्त र नीति, मूल्य र मान्यताहरूविपरीत भएको उल्लेख रहेको भन्दै नेपाल पक्षले त्यसमा पनि प्रश्न उठाएका छन्। ‘यस्तो स्वीकारोक्ति यथार्थ हो भने फागुन २८ गते र तत्पश्चात् पार्टीको नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन र निर्णय, पारित विधान, नियमावली र आचारसंहिताविपरीत गरिएका निर्णयहरू एकमुष्ट खारेज गरिएको वक्तव्यमा किन आएन’, नेपाल पक्षको विज्ञप्तिमा भनिएको छ। 

अध्यक्ष ओलीबाट पार्टी विधानविपरीत गुटबन्दी भएपछि पार्टीमा समस्या आएको नेपाल पक्षले बताएको छ। आफूहरू सुरुदेखि नै एकताको पक्षमा रहेको तर ओलीले नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन, नीति र कार्यदिशा छाड्नुका साथै पार्टी विधानको उल्लंघन गरेकाले समस्या भएको माधव पक्षको आरोप छ। नेकपा माओवादी केन्द्रका दाहालले आफ्नो कारणले एकताको प्रयास सफल नभएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ सरासर झुठो, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन्। अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको घोर निन्दा र भत्र्सनासमेत गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डका कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्षन्त्रपूर्ण छ, त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दछु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.