हङकङको चलचित्रमा नेपाली युवा

हङकङको चलचित्रमा नेपाली युवा

हङकङ : हङकङको मूलधारको चलचित्र ‘ह्यान्ड रोल्ड सिगरेट’ मा नेपाली युवाले मुख्य भूमिका निर्वाह गरेका छन् । पोखराका विपिन कर्माले सो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका हुन् । 

हङकङको मूलधारको चलचित्रमा अभिनय गरेपछि कर्माको चर्चा पनि चुलिएको छ । सधैं चिनियाँ भाषाका फिल्महरू सञ्चालन हुने सिनेमा घरहरूमा जुन १७ बाट कर्मा अभिनीत फिल्म ‘ह्यान्ड रोल्ड सिगरेट’ चल्नेछ । 

यससँगै हङकङको चलचित्र उद्योगमा चिनियाँबाहेकका कलाकारहरूको प्रवेशको शृंखला पनि सुरु भएको छ । हङकङको सिनेमा घरहरूमा कहिल्यै फिल्म नहेरेका नेपालीहरू पनि कर्मा अभिनीत फिल्म हेर्न उत्सुक देखिएका छन् । आफ्नो समुदायका मानिसले गरेको काम भएकाले पनि गौरव महसुस भएको र टिकटको अग्रिम बुकिङ गर्ने तयारी गरिरहेको हङकङमा रहेका एक नेपालीले बताए । 

फिल्ममा कर्माले हङकङका चर्चित कलाकारहरू गोर्डेन ल्याम, लिङ जिएतोङ, माइकल, ताइबो, बेन युइनलगायतका कलाकारसँग अभिनय गरेका छन् । हङकङ, ताइवान, सिंगापुरमा प्रिमियर हुने फिल्मलाई किङ् लङले निर्देशन गरेका हुन् । 

दक्षिण एसियाली युवाको भूमिकामा विपिनलाई फिल्मको सुरुआतदेखि अन्त्यसम्म नै देख्न सकिन्छ । बेरोजगारी र लागूपदार्थमा युवाको संलग्नता र परिणाम नै फिल्मको मुख्य विषयवस्तु हो । 
अन्य सामान्य लघु फिल्म र विज्ञापनमा अभिनय गरे पनि मूलधारको चलचित्रमा भने कर्माले पहिलो पटक अवसर पाएका हुन् । विगतका केही चलचित्रमा सामान्य भूमिका निर्वाह गरे पनि पछिल्लो भूमिकाले भने चिनियाँ बाहेकका कलाकारको हौसला पनि बढाएको छ । 

एक फिल्म फेस्टिभलमा आफ्नो अभिनय हेरेपछि चलचित्रका निर्देशकले उनलाई अभिनयको प्रस्ताव गरेका थिए । चलचित्रको प्रिमियरमा स्थानीयसँगै आफ्नो समुदायबाट पाएको प्रशंसाले अभिनय कर्ममा निरन्तर लाग्ने कर्मा बताउँछन् ।  
गोल्डेन फिल्म फेस्टिभलअन्र्तगत १७आंै एसिया फिल्म फेस्टिभलमा ‘ह्यान्ड रोल्ड सिगरेट’ प्रदर्शन हुँदैछ । यस चलचित्रमार्फत कर्माको अभिनय यात्रा अझ झांगिने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.