पाल्पामा टिपर दुर्घटना : एकको मृत्यु, चार घाइते
तानसेन : पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मृत्यु हुनेमा प्रदेश ३-००१ क ०२५० नम्बरको टिपर सह-चालक रुरु गाउँपालिका-२ गुल्मीका ४५ वर्षीय टंकबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
गम्भीर घाइते अवस्गामा उनको युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बुटवलदेखी गुल्मीतर्फ सिमेन्ट लिएर जाँदै गरेको बा ४ ख ७३२० नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३-००१ क ०२५० नम्बरको टिपरलाई ठक्कर दिँदा दुवै टिपर अनियन्त्रित भई सडक देखि २ सय २० मिटर तल खस्न पुगेका थिए।
घाइतेमा प्रदेश ३-००१ क ०२५० नम्बरको टिपर चालक रुरु गाउँपालिका- २ गुल्मीका ३८ वर्षीय अशोक कुवँर, सोही टिपरमा सवार रुरु २ कै ४२ वर्षीया रमा कुवँर, बा ४ ख ७३२० नम्बरको टिपर चालक काठमाडौं ललितपुरका २६ वर्षीय राजेन्द्र बजगाई, सोही टिपरका सह-चालक नवलपरासी सुनवल नगरपालिका ९ का २२ वर्षीय किसन कुवँर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये रमा कुँवर, राजेन्द्र बजगाईको अवस्था भने गम्भीर रहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !