अर्घाखाँचीमा असार ७ गतेसम्म निषेधाज्ञा
![अर्घाखाँचीमा असार ७ गतेसम्म निषेधाज्ञा](https://annapurnapost.prixacdn.net/media/albums/lock-down_20210614101833_4YB9GjT5WZ.jpg)
सन्धिखर्क : अर्घाखाँचीमा जारी निषेधाज्ञा परिमार्जनसहित असार ७ गते सम्मका लागि थपिएको छ । सोमबार १२ बजेसम्म जारी रहेको लकडाउनका बारेमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गते सम्म लकडाउ थप गर्ने निर्णय गरेको हो ।
किराना पसल र अत्यावश्यक सामग्रीका पसल मात्र बिहान ९ बजेसम्म खुल्दै आएकोमा भोलिदेखि होटल, रेष्टुरेण्ट, व्युटी पार्लर र शैलुनबाहेकका सबै पसल बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । विद्यालय, कलेज र सार्वजनिक सवारी सधानहरु पूर्णरुपमा बन्द रहने छन् ।
जिल्लामा कुल कोरोना संक्रमितको संख्या २३ सय ५७ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार १० पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ८५ पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट हालसम्म जिल्लामा मृत्यु हुनेको संख्या ६२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)