शिक्षकले लगाउन पाएनन् कोभिशिल्ड दोस्रो खोप

शिक्षकले लगाउन पाएनन् कोभिशिल्ड दोस्रो खोप

कपिलवस्तु : कोरोना भाइरसविरुद्धको कोभिशिल्ड दोस्रो खोप लगाउने कार्यमा जिल्लाका शिक्षकहरुलाई विभेद भएको भन्दै शिक्षकहरुको गुनासो बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार असारको १ र २ गते कपिलवस्तु अस्पताल र शिवराज आधारभूत अस्पतालमा दोस्रो चरणको कोभिसिल्ड खोप लगाउने कार्य शुरु भएको छ ।

दोस्रो खोप जिल्लाका स्वास्थ्यकर्मी, स्थानीय तहका कर्मचारी, सरकारी कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वैंक तथा वित्तिय संस्था, सार्वजनिक संस्थान तथा प्राधिकरणका कर्मचारी, पत्रकार, एम्बुलेन्स तथा शव बाहन चालकलाई लगाइने सूचना गरिएको छ । तर विद्यालय शिक्षक तथा क्याम्पस प्राध्यापकहरुलाई भने यो खोप लगाउने व्यवस्था गरिएको छैन । पहिलो खोप लगाएर दोस्रो खोप लगाउन बाँकी रहेका शिक्षकहरुले यस पटक खोप लगाउन नपाउँदा आफूहरुलाई जिल्ला कोभिड १९ खोप व्यवस्थापन समितिले विभेद गरेको उनीहरुको आरोप छ । 

फ्रन्टलाइनमा विद्यार्थी तथा अभिभावकबीचमा उपस्थित हुने शिक्षकहरुलाई नै दोस्रो चरणको खोपमा प्राथमिकता नदिनु शिक्षा क्षेत्र प्रतिको ठुलो दुर्भाग्य रहेको नेपाल शिक्षक संघका अध्यक्ष अफाक अहमद खांले बताए । शिक्षकहरुलाई गरिएको यस्तो विभेद प्रति आफुहरुको आपत्ति रहेको संघका अध्यक्ष खांले बताए । अन्य सरकारी, वित्तिय तथा संस्थानका कर्मचारी सरह शिक्षकलाई पनि खोप लगाउने अवसर प्रदान गर्नु हुन संघका अध्यक्ष खांले जिल्ला कोभिड १९ खोप व्यवस्थापन समितिसँग माग गरेका छन् । 

सरकारले असार १ गते बाट नयाँ शैक्षिक सत्र २०७८ को प्रारम्भ गर्न सबै विद्यालयहरुलाई निर्देशन दिइसकेको छ । विद्यालयहरु पनि भर्ना अभियानको तयारीमा छन् । भदौ १ गतेबाट कक्षा ११ को अध्यापन शुरु गर्ने तयारीमा विद्यालयहरु जुटेका छन् । तर कोभिशिल्ड खोपको दोस्रो डोज शिक्षकहरुलाई उपलब्ध नगराउँदा शिक्षकहरुसँगै आम विद्यार्थी र अभिभावकहरु समेत कोरोना संक्रमणको उच्च जोखिममा पर्ने खतरा बढेको भन्दै जिल्लाका सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरुले दोस्रो डोजको खोप आफुहरुलाई पनि लगाउन अवसर दिनुपर्ने बताएका छन् ।

 कपिलवस्तुले कोभिशिल्डको दोस्रो डोज खोप शिक्षकहरु बाहेक अन्य क्षेत्रका व्यक्तिहरुलाई लगाउन आह्वान गरेको सूचना पत्र


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.