पाल्पामा वर्षासँगै बाढी-पहिरो, कतै डुवान, कतै सडक अवरुद्ध

पाल्पामा वर्षासँगै बाढी-पहिरो, कतै डुवान, कतै सडक अवरुद्ध

तानसेन : अविरल वर्षासँगै आएको बाढी पहिरोले पाल्पा सिद्धार्थ राजमार्ग ठप्प छ भने ग्रामिण सडकहरु छियाछिया परेका छन् । जिल्लाको प्रमुख राजमार्गको दोभानदेखि राम्दी खण्डमा ठाउँठाउँमा पहिरो खसेको छ । 

तानसेन नगरपालिका ८ गौडेपुल नजिकै सडक माथिबाट खसेको पहिरो र तलबाट डुमें खोलाले सडक कटान गरेपछि झण्डै ४० देखि ५० मिटर सडक बगाएको छ । बगेको सडक निर्माणको प्रयास भएपनि लगातार वर्षा भएको र पहिरो खसेकाले काम हुन नसकेको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर शिवु खत्रीले बताए । राजमार्गको कालीमाटी, झुम्सा दोभान क्षेत्र लगायतका स्थानमा पहिरो खसेका छन् ।

तानसेन–रिडी, आर्यभञ्जाङ–रामपुर, कालीगण्डकी कोरिडोर, हार्थोक–छहरा र बाँसटारी–झडेवा सहित जिल्लका सबै ग्रामिण सडकहरुमा पहिरो खसेर यातायात बन्द छन् । आर्यभञ्जाङ–रामपुरको सिलुवाको चाँपगैरा ठुलो पहिरो खसेको छ । सडक डिभिजन कार्यालय सिद्धार्थ राजमार्गसंगै तानसेन–रिडी, आर्यभञ्जाङ–रामपुरमा खसेका केही पहिरो हटाए पनि एक स्थानको हटाउँदा अर्को स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका छन्।

कालीगण्डकीको बहाव बढेपछि पर्यटकीयस्थल रानीमहल क्षेत्र, रुरु धाम रिडीसहित नदी तटीय बस्तीमा जोखिम बढेको छ । रानीमहलको नदी र बराङदी खोला तटमा बनेको होटल, रानीमहलको पार्क ढुवानमा परेको छ । 

रिडी खोला र नदीको वहाव बढेपछि रु रु धार्मिक क्षेत्रमा त्रास बढेको छ । कालीगण्डकी नदीमा बन्न लागेको तिनमुखी पुल र रु रु धार्मिक क्षेत्र तटबन्दका निर्माण सामाग्रीहरु बगाएको छ ।  तीन दिनदेखि परेको अविरल वर्षाले खोला र नदीहरुमा बन्दै गरेका पक्की पुलहरुमा समेत क्षति पुगेको  छ । 

जिल्लाको रिब्दीकोट गाउँपालिका ४ का महेन्द्र भट्टराईको घर मंगलबार बेलुका भत्किँदा उनका १९ वर्षीय छोरा मदन भट्टराईको पुरिएर ज्यान गएको छ । घर माथिबाट खसेको पहिरोले पुरिएर घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।  जिल्ला प्रशासन कार्यालय पाल्पाले वर्षाले हुनसक्ने जोखिमलाई ध्यान दिएर सर्तक रहन अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.