घुमिफिरी आफ्नै गाउँ

घुमिफिरी आफ्नै गाउँ

‘उकाली ओराली गर्दै...,...आफ्नै गाउँ फर्की आएँ, नयाँ नयाँ सपना ल्याएँ...।’ यसपालि सपना होइन, कोरोना ल्याएँ भन्दै हिँडेका थिए। कतिपय गाउँ भन्नेबित्तिकै सहरभन्दा अलि टाढाका ठाउँ। शान्त बस्ती, धुलो, धुवाँलगायत प्रदूषणमुक्त समाज पनि हो गाउँ। जहाँ सानो सानो झुण्ड बस्ती, सरल, शालीन, सफा वातावरण साथै स्वच्छ हावापानी हुन्छ। प्रकृतिले अँगालो हालेको जताततै हरियाली। बिहानको पारिलो घामको झुल्कोसँगै सल्मलाएका दिनचर्याहरू देख्दै मन आनन्द आउँछ।

एकथरी मानिस वरिपरिका अनगिन्ति बोटबिरुवा, सरल्याम सरल्याम घाँस काटेर वस्तुलाई खुवाउन व्यस्त देखिन्छन्। अर्कोथरि मानिस खेती टाढा भएकाहरूछन्। उनीहरू ‘झरनाको चियो पानी,सुकेर जाँदैन रोकेर रोकिँदैन,खेप लाउने खेतालाको यही हो जिन्दगानी’ त्यो परिवेशका मान्छेलाई यो सहरको आधुनिक जीवन बिताउने आफ्नो गाउँले नियालिरहेको हुन्छ। त्यसमा पनि आजको बढ्दो वैदेशिक रोजगारी र अध्ययनका कारणले कतिपय गाउँमा एउटा जनावर पनि भेटिँदैन थियो। एकातिर माओवादी जनयुद्धले ग्रसित यो गाउँबाट पलायन युवापुस्ता र उसका बुढा भएका बाबुआमा बसाईसरी सहरनजिकै भएका जीवनका गाथाहरूलाई फेरि बिउँझाउने माध्यम बनेको छ कोरोना। कोरोनाको त्रासका कारण शून्य त्यो ठाउँका बस्ती फेरि भरिँदै छन्, कठै त्यो गाउँ, आफूलाई परिचित गर्न पनि विपत् नै कुर्नु पर्‍यो।नत्र त वर्ष दिने चाड दसैंमा मात्र हो, अलिअलि सम्झिने। नत्र त सधैं ऊ एक्लै नै हो।

खेती बाँझिएका छन्। मकै फल्ने बारीमा लहलह झार उम्रेर किरा, फट्यांग्रालाई स्वागत गरिरहेको त्यो गाउँ। अहिले साँच्चै नै खुसी छ।गतसालको लकडाउनले र हालको दोस्रो कोरोना कलहका कारणले धेरै गाउँका बस्तीमा मान्छे फर्केका छन्। बाँझो खेत धेरै नभए पनि खनिन थालेका छन्। विदेसिएका दाजुभाइमा गाउँमै सुरक्षित हुने कुरा निश्चित गरेर केही नयाँ व्यवसाय थालनी भएको छ। फेरि मान्छेको अभावमा सुकेका खेतका कुलामा कलकल पानी बग्न थालेका छन्। सुनसान बस्तीमा मान्छेका आवास सुन्न थालिएको छ। भलै सामाजिक दूरी त कायम छ तर पनि तल्लो घर मास्लो घरबाट एकआपसमा कुरा गर्दा समाजको स्वरूप नै परिर्वतन भएको छ। योभन्दा अघि भारतले गरेको अघोषित नाकाबन्दीका कारण मान्छे गाउँमा देखिन्थे भने भूकम्पका कारणले पनि गाउँले जीवनको रौनक नथपिएको भने होइन। गतसालको लकडाउनमा जन्मथलोमा पुगेकी थिएँ।

कोरोनाको त्रासका कारण शून्य त्यो ठाउँका बस्ती फेरि भरिँदै छन्। कठै त्यो गाउँ, आफूलाई परिचित गर्न पनि विपत् नै कुर्नु पर्‍यो।

आहा ! गाउँले जीवन साँच्चै नै रमाइलो। त्यहाँको संस्कारले भने आनन्द पारेको थियो। त्यो समयको गाउँ छुट्टै आनन्द बोकेर अघि बढेको थियो। वर्षांैसम्म घरमा नभएकासन्तान, आफन्त फलानो घरमा त फलानो,काका आउनुभयो अरे, ठूलो बुबा पनि आउने अरे। फलानोको छोरो विदेशमा अलपत्र परेर फेरि गाउँ नै आउनुभयो अरे। अब फेरि विदेश नजाने अरे। फेरि गाउँमै काम गर्ने अरे भनेको सुन्न पाउँदा मन फुरुंगबनेको थियो। १४ दिनको क्वारेन्टाइन (एकान्तबास) सकेर गाउँमा जाँदा ‘ए तिमी त काठमाडौंमा थियौ होइन ? के गर्छौ तिमीहरूसहरिया भइहाल्यौ यी हामी त, यस्तै हो बाबै! गाउँ छोड्न सकिँदैन रहेछ। हामी त यी यही गाउँमा मर्ने। सकुञ्जेल पाखुरा बजाउने नसके छोड्ने।’ धेरैजसोको सोचाई यस्तै थियो। कोही भने लकडाउन खुलेपछि सहरतिरै लाग्ने विचारमा थिए।

सहरतिर लागेर के गर्नु र ?जस्तो लाग्छ। बाध्यताले जा भन्छ, ‘परिस्थितिले गाउँ नै ठिक छ। समय समयमा आउने महामारी र विपतिले फेरि पनि त्यही गाउँ ठिक छ। जहाँ शान्त छ। प्रकृतिले सबैलाई एकनासको व्यवहार गरेको हुन्छ। गाउँमा पनि महामारी नआउने भन्ने पक्कै हुँदैन तर पनि सहरी क्षेत्रमा जस्तो बढी जटिल अवस्था भने नहुने रहेछ।स्थानीय परिवेश आफ्नो रहनसहन बेग्लै अनुभूति लिने ठूलो अवसर प्रदान गरेको छ कोरोनाले। त्यसमा पनि आफ्नोपनको महसुुस गर्न पाउँदा कतिपय मानिसले पुनर्जीवन पाएझैं महसुस गरेका छन्। एक दुईले मात्र होइन, आममानिसले महसुस गरेको अवस्था छ।

चाडपर्वमा मात्र आफ्नो आफन्त, आफ्नो घरपरिवार सम्झने मजस्ता अनगिन्ति आमजनसमुदायको मनमा परिर्वतन आउने कुरामा दुई मत नहोला। कोरोनाको पहिलो लहर साम्य हुन नपाउँदै, दोस्रो लहरले धेरै मानिसको ज्यान लियो। साथै कोरोनाको तेस्रो लहरबाट जोगिएला नजोगिएला भन्ने त्रास सबैमा छँदैछ। गाउँको बाँझो खेत फेरि उत्पादनमुखी हुनेछन्। आफ्नो अस्तित्व पुनः कायम रही फेरि त्यही गाउँ सुन्दर र शान्त होेस्।

- लेखिका सामाजिक अभियन्ता हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.