वैदेशिक रोजगारी छोडेर तरकारी खेती

वैदेशिक रोजगारी छोडेर तरकारी खेती

तानसेन : पाल्पा रिब्दीकोट गाउँपालिका वडा नं ७ बतासे डबका युवा पछिल्लो समयमा वैदेशिक रोजगारी छोडेर कृषि पेसामा होमिएका छन। पाँच वर्ष अघिसम्म निर्वाहमुखी कृषि पेसा गर्दै आएका डबका किसानहरू गाउँलाई तरकारीमय बनाएका छन्। यहाँका किसानहरूलाई निषेधाज्ञाले कुनै प्रभाव पारेको छैन। 

निषेधाज्ञाको समयमा अधिकाश व्यक्तिहरू कोरोना संक्रमणको जोखिमको कारण घरमै दिन बिताए पनि पाल्पा डबकाका किसानहरूको दैनिकी खेतबारीमै बित्ने गरेको छ। 

यहाँका ३५ घर परिवार एकजुट भएर व्यावसायिक खेती गर्दै आएका छन्। किसानहरूले बेमौसमी काँक्रा, करेला, सिमी, बन्दालगायतका तरकारी उत्पादनबाट राम्रो आम्दानी गर्दै आएका छन्। अधिकांश वैदेशिक रोजगारी छोडेर व्यावसायिक कृषिमा लागेका छन्। गाउँमा प्रशस्त सिँचाइको सुविधा भएकोले पाल्पा डबकाका किसानहरू मकै, गहँुजस्ता खेतीबाली छोडेर तरकारी खेतीमा होमिएका हुन्। 

चार वर्ष अघिसम्म सबैले घर खर्चको लागि मात्र तरकारी खेती गर्दै आएकोमा ३५ घर परिवार अहिले व्यावसायिक तरकारी खेतीमा जुटेका हुन्। 

‘परिवारसँग बसेका छौ, बेलामौकामा साथीभाइ जुटेर रमाइलो गर्दछौं, गाउँ परिवारका सबै मिलेर तरकारी खेतीमा जुटेका छौ, किसान सूर्य कुँवरले भने। उनी कतारको रोजगारी छोडी गाउँमै कृषि पेसामा रमाएका छन्। 

निषेधाज्ञाको समयमा किसानको उत्पादित तरकारी खेतबारीमा पुगेर व्यापारीहरूले किन्ने गरेका छन्। किसानहरूले खेतबारीबाटै थोक मूल्यमै भक्तपुरे लोकल काँक्रा ५० रुपैयाँ किलो, सिमी ६० रुपैयाँ किलोमा बिक्री गर्छन्। सिजनमा ५० देखि ७० क्विन्टल उत्पादन हुने भएकोले बुटवल क्षेत्रका व्यापारीहरू किसानको खेतबारीमा पुग्छन्। किसानले एक महिनाको अवधिका ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको काँक्रो बिक्री गरिसकेका छन्। अफ सिजनका तरकारीजन्य उत्पादनबाट राम्रो आम्दानी भएपछि पाल्पा डबकाका किसानहरू तरकारी खेतीमा उत्साहित भएको कुँवरले बताए। 

युवाहरू कृषि पेसाप्रति उत्साहित भएपछि स्थानीय सरकारदेखि प्रदेश सरकारले बिउबिजन, मल प्राविधिक सहयोग र अनुदानको व्यवस्था गर्दै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.