कोरोना परीक्षणमा अनिच्छा : लक्ष्य १० हजार, परीक्षण गर्ने ६७४ जनामात्र

कोरोना परीक्षणमा अनिच्छा : लक्ष्य १० हजार, परीक्षण गर्ने ६७४ जनामात्र

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले शनिबार एकैदिन १० हजार नगरवासीको कोभिड १९ को एन्टिजेन परीक्षण गर्ने तयारी ग¥यो। यसको लागि सातादिनदेखि जनप्रतिनिधिसँगै स्वास्थ्य कर्मचारीहरु भ्याइनभ्याई खटिए। तर अन्तमा जम्मा ६७४ जनाले मात्रै एन्टिजेन परीक्षण गराए।

मध्यपुर थिमि नपाको समुदायस्तरमै कोरोना भाइरस संक्रमण फैलिएको आशंकामा त्यसको यथार्थ पत्ता लगाउन नपाको कार्यपालिका बैठकले नगरव्यापी एन्टिजेन परीक्षण गर्ने निर्णय नै गरेको थियो।

आखिरमा एन्टिजेन परीक्षणमा मध्यपुर थिमि नगरवासीले अनिच्छा देखाए। नपाले आफ्ना ९ वटै वडामा परीक्षण केन्द्र तोकेरै नगरवासीलाई एन्टिजेन परीक्षण गर्न आह्वान गरेको थियो।

नगरपालिकाको तामझाम र तयारी हेर्दा १० हजारभन्दा बढीले एन्टिजेन परीक्षण गराउने सम्भावना थियो तर शनिबार लक्ष्यभन्दा धेरै कम करिब ७ प्रतिशतले मात्रै एन्टिजेन परीक्षण गराएको नपाका प्रवक्ता एवं २ नम्बर वडाका अध्यक्ष राम थापामगरले जानकारी दिए।

उनका अनुसार ९ वटा वडामा एकैपटक गरिएको एन्टिजेन परीक्षणमा ३७१ जना पुरुष र ३०३ जना महिलामात्रै सहभागी भए। ९ वटा वडामध्ये सबैभन्दा बढी २ वडामा ८०–८० जना महिला पुरुष गरी १६० जनाले एन्टिजेन परीक्षण गराए। १ वडामा ७२ पुरुष र ७३ महिला गरी १४५ जनाले परीक्षण गराएको वडा अध्यक्ष थापामगरले बताए।

अरु वडामा २ अंकको संख्याभन्दा बढीले एन्टिजेन परीक्षण गराएनन्। उनका अनुसार ७ वडामा ४८ जना पुरुष र २२ जना महिला गरी ७० जना,  ४ वडामा ४५ जना पुरुष र २४ जना महिला गरी ६९ जनाले एन्टिजेन परीक्षण गराए।

‘९ वडाका ३६ पुरुष र २४ महिला गरी ६० जना सहभागी हुँदा ३ वडाका २९ पुरुष र २८ महिला गरी ५७ जनाले एन्टिजेन परीक्षण गराए’, प्रवक्ता थापामगरले भने, ‘८ वडाका २८ पुरुष र २६ महिला गरी ५४ जना, ५ वडाका २४ पुरुष र ७ महिला गरी ३१ जना तथा ६ वडाका १९ महिला र ९ पुरुष गरी २८ जनाले मात्रै एन्टिजेन परीक्षण गराए।’

उनका अनुसार एउटा एन्टिजेन परीक्षणवापत नपाले करिब एकहजार रुपैयाँ खर्च गर्ने अनुमान गरिएको थियो। कूल ६७४ जनामा १३ जना पुरुष र ११ जना महिला गरी २४ जनाको एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएको प्रवक्ता थापामगरले बताए।

उनले लक्ष्यभन्दा धेरै कमले मात्रै एन्टिजेन परीक्षण गराउनुले नगरवासीमा कोभिड परीक्षणप्रति नै कुनै रुचि एवं इच्छा नभएको पुष्टि हुने बताए।

कोरोना परीक्षणको क्रममा झुक्किएरै भए पनि पोजिटिभ देखाउँदा खेप्नुपर्ने सास्ती देखेर एन्टिजेन परीक्षणमै अनिच्छा देखिएको वडा अध्यक्ष थापामगर बताउँछन्।

भक्तपुरका ४ वटा नपामध्ये मध्यपुर थिमि नपा कोरोना भाइरस संक्रमणका दृष्टिले हटस्पट मानिएको छ। पहिलो लहरमा जस्तै दोस्रो लहरमा पनि मध्यपुर थिमि नपामै सबैभन्दा बढी कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। त्यस्तै कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाउने पनि मध्यपुर थिमिकै बढी छन्।

एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएका नगरवासीको नपाले नै निःशुल्क पीसीआर विधिबाट पुनः कोरोना भाइरस संक्रमण परीक्षण गर्ने बताएको छ। पीसीआर विधिबाट कोरोना भाइरस संक्रमण पुष्टि भएर अस्पतालमै उपचार गर्नुपर्ने भए पनि मध्यपुर थिमि नपाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले निःशुल्क उपचार गर्ने प्रवक्ता थापामगरले बताए। यसको लागि नेपाली कांग्रेसको तर्फबाट निर्वाचित ६ जना वडा अध्यक्षले आआफ्नो वडाबाट ३०–३० लाख रुपैयाँ अस्पताललाई सहयोग गरेका छन्।
त्यस्तै नपाले बोडेस्थित कृषि विकास तालिम केन्द्रमा निःशुल्क आइसोलेसन केन्द्रसमेत सञ्चालन गरिरहेको छ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार शनिबारसम्म मध्यपुर थिमि नपाका ७ हजार २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यहाँका ६३ जना पुरुष र २८ पहिला गरी ९१ जना संक्रमितको मृत्यु भएको छ। कार्यालयका अनुसार मध्यपुर थिमि नपाका ३ हजार ७९१ जना पुरुष र ३ हजार २८१ महिला गरी ७ हजार ८२ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन्।

शनिबार यहाँ १३६ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.