नेपाली तेक्वान्दोको सरसफाइ
हङकङ : नेपाली तेक्वान्दो एसोसिएसनका प्रशिक्षकहरूले हङकङमा सरसफाइ कार्यक्रम आयोजना गरेका छन्। ड्रागनबोट फेस्टिभलको अवसरमा प्रशिक्षक तथा एसोसिएसनका सदस्यहरूले हङकङको चर्चित हाइकिङ रुट लङपिङ हिलको बाटोमा फ्याकिएका बोतल, प्लास्टिकका खोललगायतका फोहोर संकलन गरेका थिए।
हङकङमा रहेका नेपालीहरूलाई खेलकुदका माध्यमबाट निरन्तर सामाजिक सेवा संलग्न गराइरहेको फरेनर तेक्वान्दो एसोसिएसनले हरेक वर्ष लालीगुँरास एसोसिएसनसँग मिलेर कार्यक्रमको आयोजना गथ्र्यो।
‘कोरोनाका कारण हामीले कार्यक्रम आयोजना गर्न पाएनौं। तर, जुन देशमा बसे पनि त्यहाँको संस्कृति र परम्परालाई पालना गर्नु हाम्रो कर्तव्य हो’, तेक्वान्दो प्रशिक्षक एवं समाजसेवी चेतन गुरुङले भने, ‘तेक्वान्दोमार्फत नेपाली बालबालिका र युवाहरूलाई अनुशासन र गतिशीलताको शिक्षा दिइरहेका छौं।’ उनले नेपालमा आएको विपत्तिमा सहयोग गर्न विभिन्न कार्यक्रम गर्दै आएको बताए।
हङकङमा हाइकिङलाई स्वास्थ्य संस्कारका रुपमा विकास गरिएको छ। हाइकिङ जानेहरूको असावधानीका कारण बाटो र डाँडाहरूमा प्रशस्त फोहोर देखिन थालेको छ। त्यी कारण तेक्वान्दो टोलीले सरसफाइको काम गरेको उनले बताए।