पत्‍नीको साथमा परपुरुष देख्दा हत्या !

पत्‍नीको साथमा परपुरुष देख्दा हत्या !

कपिलवस्तु: कपिलवस्तु नगरपालिका वडा नं. ८ बेलौहामा विवाहेतर सम्बन्धका कारण एक युवकको ज्यान गएको छ । स्थानीय १८ वर्षीय युवक विजयबहादुर कुर्मीलाई आफ्नी पत्नीसँग अनैतिक सम्बन्ध राखेको भन्दै कपिलवस्तु नगरपालिका वडा नं. ८ का ३२ वर्षीय रमेश कुर्मीले कुटपिट गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा रमेशसँगै उनका २३ वर्षीय भाइ अनिल कहार र २२ वर्षीय पत्नी बासमति कहारलाई समेत प्रहरीले पक्राउ गरेको नायब प्रहरी उपरीक्षक धर्मराज भण्डारीले बताए ।

कुटपिटपछि भएको हत्यामा घटनाका बेला छरछिमेकमा गुहार नमागेको र घटनालाई गोप्य ढंगमा लुकाइ राखेको भन्दै प्रहरीले रमेश कहारकी पत्नी बासमति कहारलाई पनि पक्राउ गरेको छ । प्रहरीको अनुसन्धान अनुसार बासमति र मृतक विजयबीच केही वर्ष अघिदेखि विवाहेतर सम्बन्ध रहँदै आएको थियो ।

गत बिहीबार रमेश छिमेकीको छिमेकीको विवाहमा गएको मौका छोपी रमेशकी पत्नी बासमतिले विजयलाई घरमा बोलाएको अनुसन्धानले देखाएको छ । तर रमेश अचानक सोही रात विवाहबाट फर्केर घर आउँदा एउटै कोठामा आफ्नी श्रीमतीसँगै विजयलाई देखे । रमेश र उनका भाइ अनिलले विजयलाई निर्घात रुपमा कुटपिट गरे ।

कुटपिटपछि विजयको सोही राति रमेशकै घरमा मृत्यु भयो। बासमति र भाइ अनिलको सहयोगमा रमेशले विजयको शव घर नजिककैको पोखरीमा फालेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

घटनाको चार दिनपछि मात्र प्रहरीले कपिलवस्तु नगरपालिका वडा नं. ८ पूर्व डिही बेलौहास्थित सरकारी पोखरीमा विजयको शव फेला पारेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । "घटना बारे थप अनुसन्धान गर्दा अनैतिक प्रेम सम्बन्धका कारण बासमतिले पति नभएको मौकामा विजयलाई घरमा बोलाइन् । तर सोही राति अचानक उनका पति अनिल घरमा आएका कारण घटना घट्यो” प्रहरी नायब उपरीक्षक भण्डारीले भने ।

पक्राउ परेका तीन जनामाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । घटनालाई आत्महत्या जस्तो देखाउने प्रयास गरिए पनि प्रहरीको सुक्ष्म अनुसन्धानबाट घटना हत्या भएको प्रहरीले ठहर गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.