लागूऔषधविरुद्ध अभियान

लागूऔषधविरुद्ध अभियान

हङकङ : बिट ड्रग्स फन्ड एसोसियसनको आर्थिक सहायतामा हङकङ नेपाली महासंघले लागूऔषध विरुद्धको अभियान सुरु गर्ने भएको छ। 

महासंघले जानकारी सभाको आयोजना गर्दै यही जुन महिनाबाट २०२२ को मेसम्म अभियान सञ्चालन हुने जनाएको हो। 

वियोन्ड रिच इन्फरमेसन एन्ड प्रिभेन्सन प्रोजेन्ट नाम दिइएको अभियानको लागत ३ लाख ५३ हजार ८ सय हङकङ डलर हुनेछ। ‘हामीले ३ भागमा बजेटलाई विनियोजन गरेका छौं, जसमा कर्मचारी तलब २ लाख २६ हजार ८ सय, सेमिनार गोष्ठी कार्यशालालगायतलाई ५१ हजार, प्रमोसन विज्ञापन यातायात पोस्टर पम्प्लेटलगायतको लागि ७६ हजार छुट्ट्याएका हौं,’ संघका अध्यक्ष टंक रानाले भने। 

हङकङमा रहेका नेपाली समुदायका बालबालिका, युवाहरूमा लागूऔषधको कुलत अत्यधिक पाइएकाले पनि यो अभियान उपयुक्त ठानिएको अध्यक्ष रानाले बताए। सीएसटीएन प्रमुख रीता गुरुङले अहिलेका बालबालिका, युवाहरूलाई स्वस्थ बनाउन नसके, कुलतबाट टाढा राख्न नसके हङकङेली नेपाली समाज नराम्रो बाटोतर्फ अग्रसर हुने बताइन्। पछिल्लो समय नेपालीहरू लागूऔषध बेचविखन, प्रयोगमा संलग्न भएकै कारण प्रहरीले पक्राउ गरेका समाचारहरू आइरहेका छन्।

‘साहसी र स्वाभिमानी नेपालीको छवि बनाएका हामीहरूलाई यस्ता समाचारले दुखी बनाउँछ भन्दै लागूऔषधविरुद्धको अभियानमा सबैले साथ र सहयोग दिनका लागि गुरुङले अपिल गरिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.