गोरखाको धार्चे गाउँपालिकाको कार्यालय धादिङबाट सञ‍्चालन

गोरखाको धार्चे गाउँपालिकाको कार्यालय धादिङबाट सञ‍्चालन

गोरखा : विद्युत र इन्टरनेट सेवा अवरुद्ध भएपछि गोरखाको दुर्गम धार्चे गाउँपालिकाको कार्यालय धादिङको आरुघाट स्थानान्तरण गरिएको छ । धमाधम योजना फस्र्यौट र भुक्तानीका बेला विद्युत र इन्टरनेट अवरुद्ध हुनथालेपछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ आरुघाटमा सारिएको गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङले जानकारी दिइन् ।

गत आइतबारदेखि स्थानीय बेम्बो कटेजको तीनवटा कोठा भाडामा लिएर काम सुरु गरिएको उनले बताइन् । ‘लेखा शाखा, प्राविधिक शाखा र योजना शाखाको काम त्यहाँबाट गरिएको छ’, गुरुङले भनिन्, ‘गत असार १ गतेदेखि विद्युत र इन्टरनेट सेवा अवरुद्ध भयो । १० गते मर्मत सम्भार गरेका थियौँ, फेरि गयो । अनि विद्युत र इन्टरनेट नभै कामै नहुने भएपछि कार्यालय सार्न बाध्य भयौँ ।’ 

आरुघाट गाउँपालिकाले प्रिन्टर, फोटोकपी मेसिन दिएर सहयोग गरेको उनले बताइन्। करिब ७० प्रतिशत भुक्तानी बाँकी रहेकाले कार्यालय सारेर काम गर्न बाध्य भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीको भनाइ छ । 

‘मुख्य भुक्तानी गर्ने समयमा नेट पनि छैन, लाइन पनि छैन’, उनले भने, ‘सदरमुकामबाट कार्यालय सञ्चालन गर्न पनि सकिन्थ्यो, तर टाढासम्म सेवाग्राही जानुपर्दा सेवाग्राहीलाई दुख हुन्छ भनेर यहाँबाट सञ्चालन गरेका हौँ ।’

असार लागेसँगै परेको अबिरल वर्षापछि आएको बाढी र पहिरोले आरुघाटदेखि माछीखोलासम्म जडान गरिएको राष्ट्रिय प्रशारण लाइनको विद्युतको पोल गाडिएको दर्जनौं स्थानमा पोल ढलेका कारण विद्युत सूचारु गर्न समस्या भएको हो । अवरुद्ध विद्युत तत्कालै बन्न सक्ने अवस्था नभएको सल्यानटार विद्युत प्रशारण केन्द्रले जनाएको छ ।

बुढी गण्डकी नदीको बगरबाट माछाखोलासम्म पुरयाइएको बिद्युतको हाइटेन्सन लाइन बाढी आएका कारण विद्युत सेवा अवरुद्ध भएको र जगतमा रहेको विद्युत पावर हाउसमा समस्या आएपछि उहियामा रहेको इन्टरनेटको टावरमा विद्युत आपूर्ति बन्द भएको पालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.