पाल्पामा ५० प्रतिशत खेतमा धान रोपाइँ

पाल्पामा ५० प्रतिशत खेतमा धान रोपाइँ

तानसेन : यस वर्ष जेठ महिनादेखि प्रशस्त पानी परेपछि असार १५ सम्म पाल्पाका फाँटमा आधाभन्दा बढी रोपाइँ भएको छ । यतिबेला पाल्पाका अधिकांश ठूला ठूला फाँटमा कृषक रोपाइँमा व्यस्त छन् । जेठ महिनामै पानीको मुल फुटेपछि कृषकले जेठ महिनाबाटै रोपाइँ सुरु गरेका हुन् । यतिबेला पाल्पाका कृषकलाई भ्याईनभ्याई छ । कृषकले ठूलाठूला फाँटमा आधुनिक कृषियन्त्रको प्रयोग गरेका छन् भने टारी खेतहरुमा भने अझै पनि हल गोरु लगाएर रोपाइँ गर्ने प्रचलन पाल्पामा रहेको छ । 

पाल्पाका ठूला फाँट रामपुर, झेडेवा, माडी, कचल, अर्गली, हुगी, सर्देवा, छेरलुङ्ग चहलामा प्रशस्त मात्रामा धान खेति हुने गरेको छ । पानी समयमै परेकाले पाल्पाका  टारी खेतमा पनि रोपाइँ भएको हो।

कोरोना संक्रमणका कारण सहर बजार सुनसान रहेपनि गाउँघरमा भने परिवारका सदस्यहरु मिलेर, ज्यालादारी गरेर अरिमपरिम गर्दै कृषक खेतीपातीमा जुटेका छन्। असारमा मानो रोपेर मंसिरमा मुरी उब्जाउन पाल्पाका कृषक फाँटहरुमा खटिएका हुन् । जिल्लामा प्रशस्त मात्रामा सबै किसिमको रासायनिक मल रहेको र सहकारी मार्फत गाउँ गाउँमा पुगेपछि कृषक खुसि देखिएको तानसेन ९ दमकडाकी कृषक विनिता लुईटेलले बताइन् ।  

यसैगरी तानसेन नगरपालिका र कृषि ज्ञान केन्द्र पाल्पाको संयुक्त आयोजनामा माडी फाँटमा धान रोपेर धान दिवश मनाइएको हो । तानसेन नगरपालिकाका उप प्रमुख लक्ष्मीदेवी पाठकको नेतृत्वमा, माधवी कृषि महिला समुहको सहभागितामा खेतमै धान रोप्दै असारे गीत गाउँदै माडी फाँटमा धान दिवश मनाइएको हो । धान दिवशको अवशरमा खेताला तथा सहभागीलाई दही चिउरा, पुवा अचार खुवाएर अतिथि सत्कार गरिएको थियो । 

धान दिवशको अवशरमा तानसेन नगरपालिकाकी उप प्रमुख लक्ष्मीदेवी पाठक, वडा नं. ९ का वडा अध्यक्ष हरी सुमर रेग्मी, कृषि ज्ञान केन्द्र पाल्पाका प्रमु्ख शिव अर्याल, दमकडा माध्यमिक विधालयका प्रधानाध्यापक मदन सापकोटा, मदनपोखरा बहु प्राविधिक शिक्षालयका प्रिन्सिपल संजय यादव लगायतका टोली धान रोपाइँमा सहभागी भएका थिए ।

पाल्पामा ३६ हजार ५ सय ३७ हेक्टरमा खेती हुँदै आएकोमा ८ हजार ६ सय २० हेक्टरमा वर्षेधान, ७ सय ५ हेक्टरमा चैते धान र २७ हजार २ सय १२ हेक्टरमा अन्य खेती हुँदै आएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.