कङ्गोमा शान्ति सैनिकप्रति सकारात्मक भावना
![कङ्गोमा शान्ति सैनिकप्रति सकारात्मक भावना](https://annapurnapost.prixacdn.net/media/albums/kango_20210630050137_WFXzRVb4Mb.jpg)
काठमाडौं : नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ। कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पुल मर्मतपछि स्थानीयवासी र सुरक्षा फौजलाई आफना काम र हर्कतका लागि आवतजावत गर्न सहज भएको छ। मर्मतपछि त्यहाँ संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि एवं त्यहाँ तैनाथ मिसनका उपप्रमुख खासिम देग्नेले सो पुल स्थानीय सरकारलाई हस्तान्तरण गरेका हुन्। सो अवसरमा उनले नेपाली सेनाले शान्ति स्थापना कार्यमा पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेको बताइएको छ।
![](http://bg.annapurnapost.com/uploads/media/kango-pul_20210630050137.jpg)
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)