सर्लाहीमा फरक–फरक घटनामा चारको मृत्यु

सर्लाहीमा फरक–फरक घटनामा चारको मृत्यु

मलंगवा : सर्लाही भएको फरक–फरक घटनामा चार जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

सर्लाही र महोत्तरीको सीमामा पर्ने बाँके खोलाले बगाएर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका–१३ का ४५ वर्षीय रामचन्द्र महतो रहेका छन्। 

महोत्तरीको कान्ति बजारबाट श्रीमती रहन्ती देवीसँगै चना चटपटे बेचेर बेलुका घर आउँदै गरेको समयमा खोलाले बगाएर महतोको ज्यान गएको प्रहरीले जनाएको छ। खोलाको बीचमा अड्किएर श्रीमती रहन्ती भने बाँच्न सफल भएकी छिन्। 

यस्तै, गोडैता नगरपालिका–३, सीमरा भगवतीपुरमा बगी खोलाले बगाएर सोही ठाउँका सुरेन्द्र हजारीकी  १३ वर्षीया छोरी रिभा हजारीको ज्यान गएको प्रहरीले जनाएको छ। खोलामा नुहाउन गएको बेला हजारी खोलामा बेपत्ता भएकी थिइन्। प्रहरीले खोज तलाश गर्ने क्रममा ५ सय मिटर दक्षिणमा हजारीको शव फेला पारेको थियो।   

कौडेना गाउँपालिका–५, छपकैयामा पोखरीमा डुबेर रामबाबु रायकी पाँच वर्षीया छोरी गुड्डी कुमारी रायको ज्यान गएको छ। घर छेउमै रहेको राम मन्दिरको पोखरीमा खेल्ने क्रममा रायको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

त्यसैगरी, बलरा नगरपालिका–७ डुमरियास्थित बरहथवा–मधुवनी सडक खण्डमा भारतीय मोटरसाइकल बीआर ३० एच ०४३१ नम्बरको ठक्करबाट एक बालकको ज्यान गएको छ। 

बाटोमा खेलिरहेका सोही स्थानका कल्याण मण्डलका आठ वर्षीय छोरा राजा मण्डललाई मोटरसाइकलले ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि सर्लाही अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको हो।
ठक्कर दिने मोटरसाइकल र चालक अहिले प्रहरीको नियन्त्रण रहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.