पहिरो पीडितको अवस्था वर्षदिन वित्दा पनि जस्ताको त्यस्तै

पहिरो पीडितको अवस्था वर्षदिन वित्दा पनि जस्ताको त्यस्तै

गोरखा : गतवर्ष साउन ६ गते (आजकै दिन) बारपाक सुलीकोट गाउँपालिका ८ तीनखण्डेका तीन घर पहिरोले लग्यो । बिहान सुतिरहेका बेला करिब पाँच बजे स्थानीय गोकर्ण भट्ट, लालप्रसाद भट्ट र देवीमाया भट्टको घर पहिरोले बगायो ।

गोकर्ण भट्टको चारजनाको परिवार, लालप्रसाद भट्टको पाँचजनाको परिवार र देवीकुमारी भट्टको पाँचजनाको परिवार त्यहाँबाट विस्थापित भएर उनीहरु नजिकैको एक आधारभूत विद्यालयमा आश्रय लिएर बसे ।

विद्यालयमा पठनपाठन सुरु भएपछि उनीहरुको बास त्यहाँबाट पनि उठ्यो । बिचल्लीमा परेका उनीहरुलाई अमेरिकामा रहेका घ्याम्पेशालका युवाहरुले घडेरी किन्नका लागि तीन लाख रुपैयाँका दरले आर्थिक संकलन गरी पठाए । 

आफूहरु सो रकमले केही सुरक्षित स्थलमा घडेरी किनेर त्यहाँ अस्थायी संरचना बनाइ बसेको तर पुनस्थापित गराउन कसैबाट पहल नभएको स्थानीयको गुनासो छ । ‘पोहोर हाम्रो विजोक भएपछि गाउँपालिकाले १५ हजार रुपैयाँका दरले राहत दिएको थियो ।

सांसद प्रकाशचन्द्र दवाडी, र केही संघसंस्थाले पनि अलिअलि आर्थिक र खाद्यान्न सहयोग गर्नुभयो’, पीडित अर्जुन भट्ट भन्छन्, ‘त्यसपछि अरु केही सहयोग आएको छैन । हामी कसरी बसेका छौँ भनेर कोही हेर्न आएको पनि छैन, हाम्रो अवस्था कस्तो छ भनेर कसैले सोधेको पनि छैन ।'

त्यतिबेला चहराएको घाउमा मल्हम लगाउन विभिन्न आश्वासन दिनेहरुले एक वर्षसम्म सोधनीपुछनी केही नगरेको स्थानीयबासीको गुनासो छ । ‘बरु हामीले नै पालिकामा गएर हाम्रो बारेमा अब के हुन्छ, के हुन्छ भनेर सोधिरहेका छौँ, तर हामीलाई कसैले वास्ता गरेको छैन’, अर्जुन भट्ट भन्छन्, ‘पालिकाले पनि आशालाग्दो जवाफ दिँदैन, निराश भएका छौँ ।’

राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पहिरो पीडितलाई पनि सहयोग गर्ने जिल्लास्तरीय विपत व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शालिग्राम पौडेल बताउँछन् । 

‘संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त योगदानमा घरबास गुमाएका परिवारले चारलाख रुपैयाँका दरले राहत पाउँछन्’, उनी भन्छन्, ‘गाउँपालिकाले ती परिवारको पनि फाराम भरेर पठाएको भए घर बनाउने राहत रकम पक्कै पाउलान् ।’ 

तीनखण्डेका पीडितहरुको फाराम भरेर पठाएको गाउँपालिकाले जनाएको छ । संघ र प्रदेश सरकारबाट आउनुपर्ने रकम आएपछि पालिकाले पनि योगदान गरेर प्रक्रिया अनुसार पीडितका लागि माग गरिदिने गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.