इटहरीमा सांगीतिक ‘सप्तक’

इटहरीमा सांगीतिक ‘सप्तक’

इटहरी : इटहरीमा सांगीतिक कार्यक्रम सप्तक फेरि सुरु भएको छ। संगीत साधना प्रतिष्ठानले गर्दै आएको लोकप्रिय कार्यक्रम सप्तकलाई तीन वर्षको अन्तरालमा फेरि सुरु गरिएको हो। २८०औं शृंखलासँगै सप्तक विविध कारणले स्थगित भएकोमा यसै साताबाट सुरु गरिएको संगीत साधना प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी दिए। कोरोना महामारीबीच थोरै श्रोताको उपस्थितिमा आफ्नै भवनमा कार्यक्रम गरिएको केसीले बताए। 

उनका अनुसार आफ्नै भवनमा गरिएको यो पहिलो सप्तक पनि हो। पहिले भाडाको सानो कार्यालयमा पनि खचाखच सहभागीहरूका साथमा साप्ताहिक रूपमा उक्त कार्यक्रम गरिँदै आएको थियो। कार्यक्रमले संगीत कार्यक्रमलाई इटहरीमा नियमितता दिलाएको थियो। राजधानीबाट आउने कलाकारहरूका लागि समेत उक्त कार्यक्रम पूर्वका कलाकारहरू र कला अनुरागीहरू भेट्ने अवसर बनेको थियो। फेरि सुरु गरिएको सप्तकमा अझ धेरै संगीतप्रेमीहरूको उपस्थिति रहने अनुमान गरिएको छ। 

हप्तैपिच्छे निश्चित समूहका श्रोतालाई बोलाएर सांगीतिक प्रस्तुतिहरू सुनाउने कार्यक्रम नै सप्तक हो। सप्तकमा साधना प्रतिष्ठानमा संगीत सिकिरहेका कलाकारहरूले गीत तथा संगीत सुनाउने गरेका छन्। 

सप्तकमा हालसम्ममा देशभरका धेरै कलाकारहरू सहभागी भइसकेका छन्। रामकृष्ण ढकाल, प्रमोद खरेल, यम बराल, नरेन्द्र प्यासी, शान्ति ठटाल, मणिकमल क्षत्री, बुलु मुकारुङ, अम्बर गुरुङजस्ता सांगीतिक, साहित्यिक व्यक्तिहरूले सहभागिता जनाइसकेका छन्।

संगीत र समाजलाई जोड्ने काम सप्तकले गरेको केसी बताउँछन्। ‘संगीतलाई समाजका विभिन्न समूह र समुदायसँग जोड्ने काम सप्तकले गरेको छ’, उनी भन्छन्, ‘संगीत सबैले बुझून् र संगीत साधना प्रतिष्ठानको विषयमा पनि थाहा पाऊन् भनेर कार्यक्रम गर्ने गरिएको छ।’
अहिले इटहरीमै निर्माणाधीन प्रतिष्ठानको तीनतले भवनमा कार्यक्रम सुरु गरिएको छ। उक्त भवनमा संगीतका नियमित कक्षाहरू तथा कार्यक्रमहरू सञ्चालन गर्ने तयारी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.