ऐतिहासिक तिर्थस्थल शैल्य मलिकार्जुनमा भक्तजनको घुइँचो

ऐतिहासिक तिर्थस्थल शैल्य मलिकार्जुनमा भक्तजनको घुइँचो

दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ स्थित देशकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रा आज शुक्रबार भयो ।

हिन्दू धर्मग्रन्थ अनुसार जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थल माल्लिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पूजन जात्रा लाग्ने गर्दछ।

हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका युवकले १५ दिनअघि नै चोखोनितो भएर जाने प्रचलन छ।

शिवलिङ्गका रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात् शिव–पार्वतीको मुख्य बासस्थान रहेको जनविश्वास रहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताए । उनले भने "यो जात्राले आस्था आशा, भरोसा हुने तिर्थालु आउन सक्छ्न् । यो एउटा बरदान ढोका भएकाले देश बिदेशबाट भक्तजनहरु आउने गर्छन् । निसन्तानलाई सन्तान दिने, बेरोजगारलाई रोजगारी दिने जनविश्वास पनि यस तिर्थस्थलमाथि छ । शिखर जात्राको महत्त्व पनि यसैले बढ्ने गरेको छ ।"

शिखर धामको दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भइ पुण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको मालिकार्जुन मन्दिर व्यवस्थापन समितिका सचिव जनकसिंह धामीले बताए । उनका अनुसार यस वर्ष भक्तजनको निकै भीड रहेको छ ।

भीडले गर्दा भक्तजनहरुलाई व्यवस्थापन गर्न निकै समस्या भएको बताइएको छ । यस वर्ष भारतको उत्तराखन्ड बङगाल, पिथौरागढ, धार्चुला, बलुव कोट, अल्मोडा लगायत नेपालका विभिन्न जिल्लाहरुबाट झन्डै ३ हजार भन्दा बढी भक्त्जनहरु पूजा पाठ गर्न आएका थिए ।

मालिकार्जुन–३ मडस्थित भण्डारी घरदेखि शुक्रबार सुरु हुने शिखर जात्रा मालिकार्जुन मन्दिर हुँदै शिखर क्षेत्रमा पुग्ने गर्दछ। यस वर्षको शिखर धामको दर्शन गर्न श्रद्धालु मालिकार्जुन पुगेर शिखर लागेका छन्। शिखर धामको दर्शन गर्न बिहीबारदेखि नै अधिकांश जिल्लाका साथै भारतको उत्तराखण्डबाट समेत ठूलो सङ्ख्यामा श्रद्धालु मालिकार्जुन आएका छन्।

वर्षेनी हजारौँ श्रद्धालु भक्तजनले पूजन जात्रामा शिखर धामको दर्शन गर्ने गरेको मालिकार्जुन गाउँपालिका ३ का स्थानीय सबिर धामी बताउँछन्।

यो जात्रा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा मनाइन्छ। मालिकार्जुनबाट सुरु हुने जात्रा बिहानै शिखर धुरा पुगेर पूजापाठ गर्ने चलन छ। पूजापाठपछि उनीहरु पुनः मालिकार्जुन मन्दिरमा पुगेर जात्रा विर्सजन गर्ने गर्छन्।

यस्तै शिखर जात्राको अवसरमा लटिनाथ उमावि चौपाताले निःशुल्क गाडीको व्यवस्थापन गरेको लटिनाथ मावि चौपाकाका प्रधानाध्यापक केशव विष्टले बताए । उनका अनुसार शैल्यशिखरको ग्वानीदेखि मालिकार्जुन क्षेत्रका विभिन्न ठाउँमा विद्यालयको स्कारपिओमार्फत भक्तजनलाई निःशुल्क गाडीको व्यवस्था गरिएको छ भने जिल्लाको शैल्य शिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले जात्राक लागि १ दिनको सार्वजनिक बिदा समेत दिइएको छ ।

त्यस्तै भक्तजनहरुका लागि निशुल्क फलफूलको पनि व्यवस्थापन गरिएको छ । सबै भक्तजनलाई फलफूल वितरण गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसद भट्टले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.