एकहप्ताभित्र एकताको छिनोफानो हुन्छ : नेता ज्ञवाली
तानसेन : नेकपा एमालेका प्रवक्ता प्रदिप कुमार ज्ञवालीले एकहप्ताभित्र पाटी एकताको टुङ्गो लागिसक्ने बताएका छन् । गृह जिल्ला गुल्मीबाट सोमबार काठमाडौ फर्किने क्रममा पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रवक्ता ज्ञवालीले पाटी एकताको छिनोफानो एकहप्ताभित्र टुङ्गिने बताएका हुन् ।
कार्यदलले तयार पारेको १० बुँदे आधारमा रहेर पाटी एकता हुने र एकहप्ताभित्र माधव कमरेडलगायतका साथीहरु तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै माधव पक्षलाई कुरेर नबस्ने प्रवक्ता ज्ञवालीले बताए ।
जुन दिन पाटीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिने तर अब कुरेर बस्ने स्थिति नरहेको प्रवक्ता ज्ञवालीले बताए । विपक्ष दलको नेतालाई सरकार प्रमुख बनाउँदासम्म पनि पार्टी एकता जोगाउन वर्तमान पार्टी अध्यक्षले भूमिका खेल्दासम्म एकतामा नआउनु भनेको एकता नचाहेको अर्थ बुझिने नेता ज्ञवालीले दावी गरे ।
वर्तमान गठबन्धनले नेकपा एमालेलाई कमजोर बनाउने, फुटाउने, राष्ट्रिय राजनीतिमा भूमिकाविहीन बनाउने, विभिन्न प्रलोभवन दिएर संसाद खरिद बिक्री गर्ने, सांसदलाई निष्किय बनाउने फोहरी अनैतिक काम गरेको एमाले प्रवक्ता ज्ञवालीले आरोप लगाए ।
सत्तागठबन्धनले दलको एउटै चाहाना एमालेलाई कमजोर बनाएर राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा लैजान खोजेपनि एमालेले त्यसो हुन नदिने प्रवक्ता ज्ञवालीले बताए ।
सर्वोच्च अदालतले गरेको फैसला गलत, संविधान विपरित, संविधानको अपव्याख्या भएकाले कार्यकर्तालाई गाउँगाउँमा पुगी भण्डारफोर गर्न पार्टी प्रवक्ता ज्ञवाली आग्रह गरेका छन्।
जनताको जनमत लिनु संविधान विपरित, सर्वोच्चका न्यायाधीशबाट प्रधानमन्त्री नियुक्त हुने संविधान संवत भन्ने कुरा भ्रमपूर्ण रहेको प्रवक्ता ज्ञवालीले बताए ।
संविधानको धारा ७६ को ५ मा राजनीतिक दलमा संसदीय दलको नेताभन्दा, फरक व्यक्तिले सरकारले नेतृत्व गर्ने कुरालाई उल्लेख गरिएपनि, सर्वोच्च अदालतले निर्यणले निर्दलीय व्यवस्था बनाएकाले सच्चाई बहुदलीय व्यवस्था कायम नहुँदासम्म पार्टीले आन्दोलनका कार्यक्रम संचालन गर्ने, भण्डाफोर गर्ने, जनचेतना अभियान संचालन गर्ने प्रवक्ता ज्ञवालीले बताए ।
'माधव कमरेडले लोक र दुनियालाई हसाउने काम गर्नुभएको छ, नेकपा एमाले प्रतिपक्षमा छ र एमालेका बरिष्ट नेता सत्तागठबन्धनको प्रमुख नेता हुनुहुन्छ, यो कही नीति, नियम, पार्टी पद्धतिअनुसार हुन्छ ? पाटीका कार्यकतालाई नीतिनियम सिकाउने तर आफैले नीतिनियम विपरित काम गर्ने ? उनले भने,' यस्तो हुँदा पनि पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी रहन्छ।'
पाल्पामा नेकपा एमाले अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै पाटी प्रवक्ता प्रदिप कुमार ज्ञवाली । तस्बिर : कृष्ण पोखरेल
प्रतिक्रिया दिनुहोस !