कोसीमा डुबेर ८ वर्षीय बालकको मृत्यु
राजविराज: कोसी नदी किनारमा दाउरा संकलन गर्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
भारतको विहार राज्य सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत–७ का सीताराम मुखियाका ८ वर्षीय छोरा विकास कुमारको सोमबार डुबेर मृत्यु भएको हो ।
भारतको विहारका स्थायी बासिन्दा बालक हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित आफ्नो मामाघर आएका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार कोसीमा दाउरा बटुल्ने क्रममा सोमबार करिब साढे चार बजे डुबेर मृत्यु भएको थियो ।
घटनापछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !