मिथिलामा सुरु भयो नवविवाहिताको मधुश्रावणी पर्व

मिथिलामा सुरु भयो नवविवाहिताको मधुश्रावणी पर्व

राजविराज: मिथिलामा नवविवाहिताको लागि धार्मिक अनुष्ठानको रूपमा लिइने मधु श्रावणी पर्व सुरु भएको छ ।

श्रावण कृष्णपक्ष (मौना) पञ्चमी तिथिदेखि शुक्ल तृतीयासम्म मनाइने यो पर्वको आज बुधबार मधुश्रावणी पर्व सुरु गरिँदैछ ।
यस पर्वमा बेहुलीले ससूरालीबाट आएको लुगा लगाएर १५ दिनसम्म पूजा गर्ने परम्परा छ ।

यस पर्वको अवधिभर नवविवाहिताले बिहान नुहाइधुवाइ गरी मैना नामको रूखको पातमा नाग, नागिनको चित्र कोरी सोको विशेष विधिले पूजा गरेपछि चोखो खाने गर्दछन् ।

त्यस्तै प्रतिदिन साँझको बेला श्रृंगार गरेर साथी सहेँलीसँग बगैंचा र मन्दिरमा गएर फूललोरी (फूल टिप्ने) गर्छन् । साँझ टिपेको फूलबाट अर्को बिहानी नागनागिनको पूजा गर्ने गरिन्छ ।

मैथिली अभियन्ता समेत रहेका आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव मधुश्रावणीको विशेष महत्त्व रहेको बताउँछन् । ‘साउनमा जताततै हरियाली हुन्छ,’ उनले भने, ‘यसबेला आफ्नो दाम्पत्य जीवनलाई पनि वातावरणजस्तै सुन्दर बनाउने कामना साथ मधुश्रावणी मनाइन्छ ।’

उनका अनुसार महिला मधुश्रावणीको कथा सुन्ने र नाचगान गरेर मधुश्रावणी मनाउँछन् । नवविवाहिताले भने १३ दिन व्रत बस्ने चलन छ । मिथिला इतिहास अनुसार मुगल शासकबाट मिथिलाञ्चलका महिलाको अस्तित्व र अस्मिता बचाउन मधुश्रावणी सुरु गरिएको हो । ‘मैथिली संस्कृतिमा व्रत र कथाप्रधान पर्व हो, मधुश्रावणी,’ यादव  भन्छन्, ‘यसमा १३ किसिमका कथा वाचन गरिन्छ, त्यहीअनुसार देवीदेवता पुजिन्छ ।’

उनका अनुसार मधुश्रावणीमा हरेक दिनको महत्त्व रहन्छ । यसबेला मैथिली लोकगीत समेत गाउने चलन छ । मधुश्रावणीमा नवदुलहीको जाँघमा तातो दियो वा मैनबत्तीले डाम्ने चलन पनि छ । यो विवादको विषय बनेपछि अहिले भने चिसो दियोले मात्र डाम्ने चलन सुरु भएको यादवले बताए । मैथिल ब्राह्मण, कायस्थ र देव जातिले मधुश्रावणी पर्व मनाउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.