कोरोनाको खोप माग गर्दै पाल्पाका शिक्षकहरु आन्दोलित

कोरोनाको खोप माग गर्दै पाल्पाका शिक्षकहरु आन्दोलित

तानसेन: पाल्पाका शिक्षकहरु कोरोना भाइरस विरुद्धको खोप माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला कोभिड व्यवस्थापन समितिबाट कोरोना खोप वितरणमा विभेद भएको भन्दै शिक्षकहरु सबै काम छोडेर धर्नामा उत्रिएका हुन् ।

खोप नपाएपछि शिक्षकहरुले नियमित रुपमा पठन पाठन गर्दैआएको वैकल्पिक पठन पाठन समेत बन्द गरेका छन् । शिक्षकहरुले आ आफ्नो गाउँपालिकासँगै सदरमुकाम तानसेनमा जिल्ला शिक्षा समन्वय समितिको कार्यालयमा धर्नामा बसेका हुन् ।

केन्द्र सरकारले शिक्षकहरुलाई कोरोना खोपको प्राथमिकतामा राखे पनि जिल्ला स्तरबाट तेस्रो प्राथमिकतामा राखेपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको शिक्षकहरु बताउँछन् ।

साथै कोरोना खोप नपाउँदासम्म कक्षा ११ र १२ को वार्षिक परिक्षामा सहभागी नहुने पनि उनीहरुले अडान राखेका छन् । "परिक्षा बोर्डले हाम्रा विधालयका भौतिक सामग्रीहरु प्रयोग गरोस् आफैँ कर्मचारी खटाओस्, हामी काममा अवरोध गर्दैनौँ । तर विधालयका शिक्षक कर्मचारीहरु भने परिक्षाको कुनै पनि काममा सहभागी हुँदैनौँ ।"

यस आन्दोलनमा सबै शिक्षक संघ संघठनबाट संयुक्त रुपमा सहभागी बनेको नेपाल शिक्षक संघठनका जिल्ला अध्यक्ष राम प्रसाद ढकालले बताए ।

"सरकारी सेवामा कार्यरत निजामती, संस्थान, स्थानीय तह, सबै किसिमका वित्तिय संस्थाहरुका कर्मचारीहले पहिलो चरणमै कोरोना खोप पाए । तर हामी शिक्षकहरु जोखिम मोलेरै पठन पाठनमा सहभागी भयौँ तैपनि आजसम्म राज्यबाट हामीमाथि विभेद गरियो, यो विभेद कहिलेसम्म ?" नेपाल शिक्षक महासंघ पाल्पाका अध्यक्ष धनकला गाहाले बताइन् ।

पाल्पामा सामुदायिक, निजी विधालयका शिक्षक, कर्मचारी गरी ५ हजार ७ स ६१ जना कार्यरत छन् । जसमा १ हजार जनाले विभिन्न उमेर समूहबाट कोरोना खोप लगाए पनि ४ हजार ५ सय शिक्षक तथा कर्मचारी बाँकी रहेको अध्यक्ष ढकालले बताए ।

पाल्पामा कोरोना संक्रमणबाट १० जना शिक्षकले ज्यान गुमाएका छन् । कोरोना खोप नपाएसम्म आन्दोलन धर्ना जस्ता कार्यक्रम जारी रहने शिक्षकहरुले बताएका छन् । पाल्पामा कोरोना विरुद्धको खोपको मात्रा कमी आएकोले हाल उमेर समूहलाई मात्र प्राथमिकता दिइ ५० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप वितरण गरेको अब आउने खोपमा शिक्षकहरुलाई पहिलो प्राथमिकतामा राखिने  जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख नारायण चौधरीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.