कर्णाली डुंगा अपडेट : घाइते आमाको मृत्यु, बेपत्ता तीनजना अझै भेटिएनन्

कर्णाली डुंगा अपडेट : घाइते आमाको मृत्यु, बेपत्ता तीनजना अझै भेटिएनन्

धनगढी : कैलाली र सुर्खेतको सीमाना भएर बग्ने कर्णाली नदीमा आइतबार दिउँसो १२ तिर डुंगा पल्टिदा घाइते भएकी १९ वर्षीया धनसरा सलामीमगरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिव विष्टले गम्भीर घाइते अवस्थामा रहेकी धनसराको मृत्यु भएको बताए ।

कैलालीको मोहन्याल गाउँपालिका ३ बाट गर्भ जाँच र बच्चालाई खोप लगाउनका लागि १० जना स्थानीय आइतबार सुर्खेतको चौकुने गाउँपालिका जान भनी कर्णालीमा काठको डुंगामा चढेका थिए । पानीको बहाव बढी भएकाले नदीको बीचमा पुगेपछि डुंगा पल्टिएको थियो।

इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुस्करराज पन्तले कैलालीको मोहन्याल गाउँपालिका ३ की २० वर्षीया उर्मिला सलामी मगर, उनका १० दिनका नवजात शिशु र सोही वडाकी २० वर्षकी पार्वती थापा बेपत्ता भएको बताए । 

धनसराका घाइते छोरा १ महिनाका कर्ण सलामी मगर अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शनिबार राति परेको अविरल वर्षापछि कर्णाली नदीमा पानीको बढाव थियो । 

पानीको तीब्र बेगका कारण काठको डुंगा पल्टिएको प्रहरीले जनाएको छ । कर्णालीमा स्थानीय प्रहरी र स्थानीयले बेपत्ताको खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मोहन्याल ३ का नागरिक स्वास्थ्य उपचार, बालवालिकाको खोपका लागि सुर्खेत जाने गर्छन् । कैलालीको लम्की टिकापुर आउनु भन्दा उनीहरुलाई कर्णाली तरेपछि सुर्खेत नजिक पर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.