प्रतिबद्धता ३ खर्ब, लगानी १ खर्ब

प्रतिबद्धता ३ खर्ब, लगानी १ खर्ब

काठमाडौं : नेपालको औद्योगिक क्षेत्रमा विदेशी लगानी प्रतिबद्धताको तुलनामा आधाभन्दा कम आउने गरेको पाइएको छ। 

उद्योग विभागका अनुसार हालसम्म वैदेशिक लगानी ३ खर्ब ६४ अर्ब ४६ करोड प्रतिबद्धता भएको छ। तर, प्रतिबद्धताको तुलनामा ३४ प्रतिशत मात्रै लगानी भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

बैंकको तथ्यांकअनुसार हालसम्म १ खर्ब ८३ अर्ब विदेशी लगानी भित्रिएको छ। राष्ट्र बैंकको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रतिवेदनअनुसार १ खर्ब ८२ अर्ब ९१ करोड ९६ लाख रूपैयाँ विदेशी लगानी भित्रिएको  हो। 

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३२ अर्ब २ करोड विदेशी लगानी प्रतिबद्धता आएको छ। यो गत वर्षको तुलनामा झण्डै ६ खर्बले  कमी हो। आव २०७६/७७ मा ३७ अर्ब ८० करोड लगानी प्रतिबद्धता आएको थियो। विभागका अनुसार आव २०७७/७८ मा २०३ र आव २०७६/७७ मा २ सय ७७ वटा उद्योग थपिएका थिए। 

उद्योग विभाग तथा लगानी बोर्डले लगानी स्वीकृति गरेको तुलनामा ३४ प्रतिशत मात्रै विदेशी लगानी भित्रिने गरेको अध्ययनले देखाउँछ। 

लगानीमैत्री वातावरण नहुनु, राजनीतिक अस्थिरता, पूर्वाधार अभावलगायतका कारणले विदेशी लगानी भित्रिन सकेको छैन। तर, सरकारले पछिल्लो समयमा लगानी आकर्षित गर्न नीति सहजीकरण गरिरहेको जनाएको छ। उद्योग विभागका महानिर्देशक जीवलाल भुसालले विदेशी लगानी आकर्षित गर्न प्रक्रिया तथा कानुनी रूपमा सरलीकृत गरिरहेको बताउँछन्। ‘विभागको सबै काम अटोमेसनमा हुँदैछ’ उनले भने, ‘अटोमेसनमा दर्ता हुँदा विदेशी लगानी बढी आउने वातावरण बन्छ।’ 

विभागले केही वर्षअघि विदेशी लगानी आकर्षित गर्न एकल बिन्दु सेवा ल्याएको थियो। तर, प्रभावकारी हुन सकेको छैन। महानिर्देशक भुसालले आगामी वर्षदेखि एकल बिन्दुसेवालाई प्रभावकारी बनाउन लागि पर्ने बताए। 

राष्ट्र बैंकका अनुसार आव २०७५/७६ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ८.८ प्रतिशतले प्रत्यक्ष विदेशी लगानी घटेर १ खर्ब ८३ अर्ब रुपैयाँ कायम भएको हो। आव ०७४/७५ सम्म विदेशी लगानी २ खर्ब ५४ करोड रुपैयाँ पुगेको थियो। 

कम्पनीहरूको विदेशी लगानीको सञ्चिति रकममा ह्रास आएसँगै विदेशी लगानी घटेको राष्ट्र बैंकले जनाएको छ। विभागका अनुसार हालसम्म उद्योग क्षेत्रमा २२ खर्ब ८३ अर्ब २८ करोड लगानी भएको छ। ८ हजार ५ सय ४३ वटा स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन्। गत आव २०७७/७८ मा १ अर्ब ५६ अर्ब र २०७६/७७ १ खर्ब ५२ अर्ब उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता भएको छ। गत वर्षको तुलनामा ४ अर्ब लगानी उद्योग क्षेत्रमा भएको छ।

महानिर्देशक भुसालले विषम परिस्थितिमा पनि लगानी बढ्नु उद्योग क्षेत्रको भविष्य उज्जल बन्दै गएको बताउँछन्। ‘कोभिडका बाबजुत पनि लगानी बढ्नु सकारात्मक हो’ उनले भने, ‘अब क्रमशः औद्योगिक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढ्ने छ।’ 

औद्योगिक क्षेत्रमा चुक्ता पुँजी ८८ अर्ब (४८.२ प्रतिशत), सञ्चितीका रूपमा ७८ अर्ब रुपैयाँ (४२.८ प्रतिशत) र ऋणका रूपमा १६ अर्ब रुपैयाँ (९ प्रतिशत ) विदेशी लगानी रहेको राष्ट्र बैंकले जनाएको छ। 

प्रत्यक्ष वैदेशिक लगानी हुने देशमा पहिलो भारत र दोस्रोमा चीन छन्। भारतबाट मात्रै कुल वैदेशिक लगानीको ३० प्रतिशत (५६ अर्ब रुपैयाँ) र  चीनबाट १५ प्रतिशत (२७ अर्ब ५६ करोड) रुपैयाँ लगानी भएको छ। पछिल्लो समयमा चीनको लगानी पनि क्रमशः बढ्न थालेको छ। विदेशी लगानी भित्रिने तेस्रो मुलुक ‘ट्याक्स हेवन’ सेन्ट किट्स एन्ड नेभिसबाट (१३.६ प्रतिशत) २४ अर्ब ९३ करोड रूपैयाँ भित्रिएको छ। विदेशी लगानी भित्रिने मुलुकहरूमा आयरल्यान्ड, सिंगापुर, अस्ट्रेलिया, युएई, बंगलादेश, दक्षिण कोरिया, अमेरिकालगायत ५३ मुलुक छन्। 

विदेशी लगानीमा मात्रै सञ्चालित उद्योगहरूले २ लाख ७४ हजार ७ सय ७४ जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका थिए। त्यसमध्ये आव २०७७/७८ मा ५ हजार ८ सय ३३ र अघिल्लो आवमा १० हजार ८ सय ३९ जनालाई रोजगारीको ग्यारेन्टी गरेका थिए। समग्रमा उद्योग क्षेत्रमा हालसम्म ६ लाख २८ हजार ७ सय १२ जनाले रोजगारी पाउने प्रतिबद्धता गरिए पनि कति जनाले पाए भन्ने विभागसँग यकिन तथ्यांक छैन। 

विदेशी लगानी सबैभन्दा धेरै सेवा क्षेत्रमा भित्रिएको छ। सेवा क्षेत्रमा ५१ प्रतिशत र औद्योगिक क्षेत्रमा ४९ प्रतिशत लगानी भित्रिएको छ। औद्योगिक क्षेत्रअन्र्तगत प्रशोधन तथा खानी उद्योगमा २८.६ प्रतिशत, विद्युत्, पानी, ग्यासमा २० प्रतिशत विदेशी लगानी भित्रिएको छ। सेवा क्षेत्रअन्र्तगत बैंक, वित्तीय संस्था तथा बिमालगायत वित्तीय क्षेत्रमा २७.७ प्रतिशत लगानी आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.