वीरेन्द्रसँग टेबल–टक

वीरेन्द्रसँग टेबल–टक

रत्नशमशेर थापा ! केवल एउटा निश्चित परिचयमा अटाउने नाम होइन। ‘तर घोषित रूपमा दुई वर्ष कान्छो छु’, चार वर्षअघि आफ्नो ८०औं जन्मोत्सव मनाउने क्रममा उनले भनेका थिए, ‘वास्तविक उमेर थाहा पाएपछि किरण खरेलले फोन गरेर जन्मदिनको शुभकामना दिँदै भने– तपाईंलाई आज भाइका नाताले शुभकामना दिँदै छु।’ यसअघि उमेरमा किरण खरेल रत्नभन्दा जेठा ठहरिन्थे। चौरासी वर्षअघि साउन १६ गते काठमाडौंस्थित कमलपोखरीमा जन्मेका थिए उनी। रत्न संगीतकारले सिर्जना गरेको ‘ट्युन’मा पनि गीत लेख्थे। २०२२ सालमा रेडियो नेपालद्वारा आयोजित अधिराज्यव्यापी प्रतियोगितामा प्रेमध्वज प्रधानलाई प्रथम बनाउने गीत ‘गोरेटो त्यो गाउँको लौन आज थाकें नि...’ प्रेम–माणिकले तयार गरेको धुनमा उनैले लेखेका थिए। गीतकै प्रसंगमा एउटा अपत्यारिलो तर सत्य कुरो, एक दिन श्यामदास वैष्णवले २०५० सालको कुनै दिन प्रज्ञाप्रतिष्ठानको एउटा सानो जमघटमा सामान्य ज्ञानमा सोधिनेझैं एउटा प्रश्न सोधे– ‘त्यो कुन गीत हो जुन रेडियो नेपालबाट कुनै दिन नबिराई दस हजार पटकभन्दा बढी बज्यो ?’

निकैबेर जवाफ नआएपछि वैष्णव आफैंले उत्तर दिए, ‘ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो...।’ जुन गीत रत्नले लेखेका थिए। वैष्णवका भनाइअनुसार ०१६–१७ सालतिर रेडियो नेपालमा छँदा उनले यो गीत श्रोताहरूको फर्मायसमा लगातार तीन वर्ष कुनै एक दिन पनि नबिराई बजाएका थिए। सांगीतिक इतिहासको यो तथ्य नै एउटा यस्तो रेकर्ड हो, जसलाई सम्भवतः आजसम्म अर्को कुनै गीतले तोड्न सकेको छैन। स्वरसम्राट नारायणगोपाललाई ब्रेक दिने गीतहरू पनि उनैले रचना गरेका हुन्, एकसाथ ६ वटा रेकर्ड भएका ती गीतका बोलहरू यी हुन्– स्वर्गकी रानी मायाकी खानी..., आँखाको भाका आँखैले..., भो भो नसोध क्यै मलाई..., ए कान्छा ठट्टैमा यो वैंश जान लाग्यो..., बिछोडको पीडा नसकी खप्न...र कुञ्जमा गुञ्जियो...। स्मरण रहोस्, गीति गायनमा पनि उनको औधि रुचि थियो। सायद यही रुचिका कारण संगीतको ‘नोटेसन’मा समेत भरपूर ज्ञान थियो उनमा। एउटा प्रसंग छ, उनीद्वारा रचित गीत ‘स्वप्निल आँखाभरि लौ...’ को। उक्त गीतमा अम्बर गुरुङले धुन सिर्जना गरिसकेपछि त्यो गीतको अन्तरामा एउटा अप्ठेरो आइलाग्यो।

रत्नशमशेर थापा यो पुस्ताले प्राप्त गरेको नेपालको ‘अनमोल रत्न’, उनी अहिले हाम्रा सामु छैनन्। लाग्छ– पूरै एउटा युग ढलेको छ; जसले बोल्ने प्रत्येक शब्दमा संगीतको सुर हुन्थ्यो, त्यो सम्पूर्ण सूर बेसूर भएको छ।

‘ताराहरू’ को ठाउँमा ‘तारा ती’ प्रतिस्थापन गरिदिए। अन्ततः संगीतकार स्वयं गुरुङ र अरुणा लामाद्वारा गाइएको त्यो गीत अत्यधिक ‘हिट’ भयो।’ यसका अलावा, योगेश वैद्य, तारादेवी, फत्तेमान, रुवी जोशी, पी.एल. श्रेष्ठले गाएका उनका धेरै गीत यस समयमा ‘फेमोस’ थिए। बाल्यकालदेखि नै उनको घरमा सांगीतिक माहौल थियो। भनिएला, त्यही माहोलका कारण उनी गीतकार बने। तर यो केवल संयोग मात्रै पक्कै होइन, उनीभित्र प्रतिभा नभएको भए कहाँ सम्भव थियो यस्तो ! अझ, धेरैलाई थाहा नभएको एउटा तथ्य, उनीभित्र अर्को एउटा जबरजस्त ‘ट्यालेन्ट’ लुकेको थियो। घरमै उनले लुकीचोरी बाजा बजाउन सिकेका थिए। एक समय यस्तो पनि आयो, जब उनले एउटा तबला वादन प्रतियोगितामा भाग लिन पुगे र प्रथम पुरस्कार नै हात पनि पारेका थिए।

कतिपयलाई थाहै छैन कि गीतलेखनभन्दा अघिदेखि नै उनी कविता लेख्थे। उनी बीसका दशकका एक सशक्त हस्ताक्षर हुन्। भूपि शेरचन, मदन रेग्मी, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, पुरुषोत्तम बस्नेत र उपेन्द्र श्रेष्ठ उनका समकालीन कवि हुन्। १४÷१५ वर्षको कलिलो उमेरमै उनको पहिलो कविता प्रकाशित भएको थियो। तर सानो उमेर भएकाले उनले त्यो कविता आफ्नो वास्तविक नामबाट छपाएनन्। ‘उकालो’ नामक पत्रिकामा आर.एस. मधुरको नामबाट छपाए। त्यो कविताको शीर्षक थियो ‘मनपर्छ त्यो रात’। कवितासंग्रह ‘चक्लाभरिको घाम’ र ‘ताराका काँचा रङ’ प्रकाशित छन् भने ‘ओभानो सिउँदो’ र ‘रुझेका परेला’ क्यासेट र गीतिएल्बम ‘आँखाको भाका’, ‘अतीतलाई सम्झँदा’, ‘उकाली ओराली’ बजारमा आएका छन्।
नेपाली साहित्यमा मुक्तक विधाको प्रादुर्भाव गर्ने थोरै सर्जकमध्ये रत्नको नाम अघिल्लो पंक्तिमा आउँछ। अन्य मुक्तककारको दाँजोमा कम मुक्तक लेखे होलान्, तर गुणात्मक हिसाबले उनका मुक्तकहरू अब्बल छन्। अझ मञ्चमा उभिएर उनले ‘डोमिनेट भ्वाइस’मा गर्ने मुक्तक वाचनले त भिन्नै खालको वातावरण सिर्जना गर्ने गथ्र्यो। तालीका गडगडाहटबीच उनको मुक्तकले यति उँचो लोकप्रियता प्राप्त गथ्र्यो कि अन्यका कविता अत्यन्तै फिक्का हुन पुग्थे। लेखनमा भावुक र संवेदनशील थिए रत्न। तर उनलाई ‘अभिमानी’ भनेर आरोप लगाउनेहरूको संख्या कम छैन। होला, उनी कड्केर बोल्थे, खुलेर हाँस्थे, मनमा लागेका कुरा धक फुकाएर भन्थे। भन्ने पनि गर्थे– ‘स्वाभिमानी व्यक्ति हुँ भन्ने अडानका साथ बाँचिरहेका मान्छेलाई कतिपय ठाउँमा झुक्याइनु, ठगिनुले पनि मलाई एक किसिमको पीडाबोध भएको छ।’ उनीसँग घटना थियो, जुन उनको मनमा कहिल्यै नउखेलिने काँडा बनेर बिझेको थियो। उनी बराबर यो प्रसंग दोहोर्‍याइरहन्थे। अघिल्लो राष्ट्रपतिको कार्यकालमा प्रसंग हो यो। 

राष्ट्रपति भवनमा एउटा कार्यक्रम थियो। कार्यक्रमस्थलमा उनी अघिल्लो पंक्तिमा बसेका थिए। राष्ट्रपति आइनसकेकाले उनी सामान्य रूपमा गफ गरिरहेका थिए। त्यही क्रममा उनले आफ्नो खुट्टा बिस्तारै हल्लाइरहेको थिए किनकि हातखुट्टा चलाउन अलिक गाह्रो हुने समस्याको औषधोपचारबाट उनी मुक्त भइनसकेको समय थियो त्यो। डाक्टरको सल्लाहअनुरूप उनले जहाँ बस्दा पनि हातखुट्टा चलाइरहनु पथ्र्यो, त्यतिखेर पनि त्यही गरिरहेका थिए। अचानक, राष्ट्रपतिका एक रक्षक÷कर्मचारी आएर उनलाई एकदमसँग हकारेको भाखामा भने– ‘त्यो खुट्टा किन हल्लाएको ?’ उनलाई भित्रैदेखि रगत उम्लिए जस्तो भएर आयो। अत्यन्तै अपमानित भएको महसुस गरे उनले। तत्काल, म कहाँ छु भनेर उनले भुले, वरिपरि केही देखेनन्। देखे त आफूसामुन्ने उभिएर उनलाई आदेश दिने मान्छेलाई मात्रै देखे। जुरुक्क उठेर केवल यत्ति भन्न पुगे– ‘तिमी कोसँग बोल्दै छौ, थाहा छ ? म तिम्रो राष्ट्रपति बन्नुभन्दा अघि राजा महेन्द्र र राजा वीरेन्द्रसँग टेबल–टक गर्ने मान्छे हुँ। !’ त्यसपछि उनी कार्यक्रममै नबसी त्यहाँबाट फटाफट निस्किएँ। र, त्यो राष्ट्रपतिको कार्यकालभरि फेरि राष्ट्रपति भवन पसेनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.