तुइन प्रकरण :  गृह मन्त्रालयको छानविन टोलीले काम थाल्यो

तुइन प्रकरण :  गृह मन्त्रालयको छानविन टोलीले काम थाल्यो

दार्चुला : तुइन प्रकरण छानविन गर्न गृह मन्त्रालयको टोली आज मंगलबार दार्चुला सदरमुकाम पुगेको छ। महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय छानविन टोली सो घटनाको छानविन गर्न मंगलबार दार्चुला पुगेको हो। 

छानविन टोलीका सदस्यहरुले घटनास्थलका प्रत्यक्षदर्शीसँग भेटेर घटनाको बारेमा सोधपुछ गर्ने छन्। व्यास २ का ३३ वर्षीय जयसिंह धामी गत साता भारततर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउन लाग्दा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।
  

समितिका सदस्यसँगको छलफलका लागि तुइन चुँडिएर जयसिंह धामी बेपत्ता हुँदाका तीनजना प्रत्यक्षदर्शीलाई व्यासबाट खलङ्गा ल्याइएको छ। अनुसन्धानमा सहयोगका लागि उनीहरू सदरमुकाम खलङ्गा आएको दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले बताइन्। प्रत्यक्षदर्शी बिक्रम रंकोली, कल्यान सिंह धामी र अनिता धामीलाई सोमबार नै जिल्ला सदरमुकाम दार्चुला ल्याइएको सहायक प्रजिअ जोशीले बताए। 

प्रत्यक्षदर्शीको सुरक्षाका लागि तीनै जना जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी स्रोतले जनाएको छ। अहिले तिनै जनालाई बोलाएर प्रत्यक्ष कुराकानी गरिने सुरक्षा स्रोतले जानकारी दिएको छ। हिले सामान्य सोधपुछ गरिने र भोलि बिहान पत्रकार, जनप्रतिनिधिसँत कुराकानी गरिने संयोजक जनार्दन गौतमले बताए। 

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन्।

२८ वर्षको अन्तरमा अहिलेसम्म २६ को मृत्यु 

२०५० साल यता महाकालीमा तुइन तर्ने क्रममा २६ जनाले ज्यान गुमाइसकेका छन्। गत शुक्रबार बिहान व्यास गाउँपालिका–२, मालका ३० वर्षीय जयसिंह धामीको मृत्यु भएपछि आज मंगलबार तथ्याङ्क संकलन गरिएको हो। 
  
उक्त तथ्याङ्कबाट अहिलेसम्म २६ जनाले व्यास गाउँपालिकाका ११ स्थानमा राखिएका तुइन तर्दै गर्दा ज्यान गुमाएको व्यास गाउँपालिका वडा न ३ का वडा अध्यक्ष उपेन्द्र धामीले बताए। उनले भने, 'अहिले पनि जिल्लाको व्यास गाउँपालिका वडा नम्बर २ को घाटीबगर, कल्जु, घट्टेखोला, तल्ला दुम्लिन, रिठान, विन्दला, मालघाट र वडा नम्बर ४ को बर्ती, मलघट्टे र दोकटमा तुइन सञ्चालनमा छन्।'  
 
२०७२ सालमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि पदभार ग्रहण गर्दै देशभर रहेका २ सय २७ तुइन विस्थापित गरेर ती ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने भन्दै निर्णयमा हस्ताक्षर गरेका थिए। तर त्यो कुरा हस्ताक्षरमै सीमित रहेको छ। 

तुइनबाट मृत्यु भएका २६ जनाको नामावली


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.