तुइन प्रकरणः घटनास्थल अवलोकन गर्दै छानविन टोली, अनुसन्धानमा भारतीय टोली पनि

तुइन प्रकरणः घटनास्थल अवलोकन गर्दै छानविन टोली, अनुसन्धानमा भारतीय टोली पनि

मालघट्टे दार्चुलाः महाकाली तर्ने क्रममा दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको छानविन गर्न भारतीय बाटो हुँदै गस्कु मालघाट गएको छानविन समितिको टोली घटनास्थल अवलोकन गरी दार्चुला पुगेको छ ।

मन्त्रालयका सहसचिव एवं छानविन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोली केही बेरअघि जिल्ला सदरमुकाम दार्चुला पुगेको साहयक प्रमुख जिल्ला अधिकारी तथा छानविन सतिमि सदस्य ज्योत्स्‍ना भट्टले बताइन् ।

बिहीबार बिहान भारतीय बाटो हुँदै स्थलगत अध्ययनको लागि गएको टोली जिल्ला पुगेको भट्टले बताइन् । बिहीबार साँझ नै सदरमुकाम फर्किएर बसेको टोली शुक्रबार फेरि नेपाल तर्फको बाटो भएर घटनास्थल जाने बताइएको छ ।

टोलीमा छानविन समितिका संयोजक सहसचिव जनार्दन गौतम, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कंडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशी छन् ।

छानविन टोली वाहेक सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बम तथा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट टोली सँगै घटनास्थलतर्फ गएका थिए । यस घटनालाई सुक्ष्म ढंगले अध्ययन गरेरै प्रतिवेदन ल्याइने छानविन समितिका संयोजक गौतमले बताएका छन् ।


भारतीय पक्ष पनि अनुसन्धानमा

नेपाली छानविन टोलीसँगै भारतको डिडिहाटका एसएसबी कमाण्डेन्ट महेन्द्र प्रताप र अन्य दुई जना एसएसबी अधिकारी घटनास्थल गस्कुतर्फ गएका थिए । घटनास्थलमा नेपाली टोलीले घटनाको प्रकृति अवलोकन गरी स्थानीय प्रतक्षदर्शीहरुसँग सोधपुछ गरेको थियो ।

भारतीय सीमा सुरक्षा बल एसएसबीले पत्रकारहरुलाई घटनास्थल मलघट्टेसम्म जान दिएको थिएन । जिल्ला सदरमुकाम खलंगाबाट बिहान ९ बजे हिँडेको ५ जना पत्रकाको समूहलाई सुरुमा एसएसबीले दोबाट भन्ने ठाउँबाटै फर्काइदिएको थियो ।

दोस्रो पटक ५ जना पत्रकारको समूह क्यामेरा विना घटनास्थल माल्घट्टे पुगेको थियो। घटनास्थल महाकाली नदिको माथि कम्तिमा ३०/४० मिटरको लम्बाइ छ । उक्त क्षेत्र को लम्बाइ र उचाइ बढी भएकाले घटनाबारे अनुसन्धान गर्न थप कठिन हुने बताइएको छ।

विप्लव समूह र स्थानीयले गरे नाराबाजी

घटनाबारे छानविन गर्न गस्कु मालघाट पुगेको टोलीविरुद्ध स्थानीय र नेकपा विप्लव समूहले नाराबाजी गरेका छन् । भारतको बाटो भएर घटनास्थल पुगेको भन्दै करिब ३० जनाको समूहले महाकाली नदी किनारबाट नाराबाजी गरेको अखिल क्रान्तिकारी विद्यार्थी युनियन दार्चुलाका अध्यक्ष भुवन जोशीले बताए ।

भारतीय पक्षले घटना लुकाउने प्रयास गरिरहेका बेला नेपाली छानविन टोली भारतको बाटो भएर गएको भन्दै नाराबाजी गरिएको उनले बताए ।

‘नेपाल र नेपालीको सुरक्षा गर्न नसक्ने सरकार राजीनामा दे, नेपाल र नेपाली माथिको हिंसा बन्द गर, भारतीय भूमि टेकेर आउने छानविन समिति मुर्दावाद, गोर्खाली कहिल्यै झुक्दैन, कालापानी लिपुलेक हाम्रै हो' लगायत नारा लगाएको अध्यक्ष जोशीले बताए । गृह मन्त्रालयले गठन गरेको छानविन टोलीलाई १० दिनभित्र सत्यतथ्य पत्ता लगाइ प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.